Close

Recent Posts

सेन्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओद्वयसहित १० पक्राउ

सेन्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओद्वयसहित १० पक्राउ
  • १५ फाल्गुन २०८०, मंगलवार ०७:२०

काठमाडौँ–प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने, पूर्वसिईओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

mulpatra

नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआबी) ले उनीहरूलाई बैकिङ कसुरका विषयमा अध्ययन गरिरहेको छ। उनीहरूलाई बैकिङ कसुरमा पक्राउ गरेको सीआईबीले जनाएको छ।

सीआईबीका एआइजी किरण बज्रचार्यले मंगलबार १० जनालाई पक्राउ गरिएको बताएका छन्। उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको उनको भनाइ छ।

mulpatra mulpatra mulpatra

सेन्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा कार्यरत थिए। सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारीमा थिए। यी बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छानबिन भइरहेको थियो।