स्याङजाका चन्द्र कुँवरले रुसी सेनामा भर्ती गराएका केही नेपालीको मृत्यु

काठमाडौं– अवैध बाटो हुँदै रुसी सेनामा नेपाली युवालाई प्रलोभन देखाइ स्याङजा वलिङका चन्द्रबहादुर कुवँरले भर्ती गराउँदै आएका छन् । रुसमै बसेर स्याङजाका कुँवरले नेपालबाट मानव तस्करी गरिरहेको समेत पाइन्छ ।
उनले अवैध बाटो हुँदै रुसी सेनामा भर्ती गराएका केही नेपालीहरुको मृत्यु भएको रुसमै रहेको नेपालीहरुले जानकारी दिएका छन् । कुँवरले रुसी सेनामा भर्ती गराएका केही नेपाली घाइते समेत भएका र उनीहरुको अवस्था नाजुक रहेको समेत पाइएको छ ।
स्याङजाका कुँवरले रुसी सेनाबाट घाइते भएका नेपालीलाई समेत स्वदेश फकाईदिने प्रलोभन देखाएर ठगि गरेका छन् । बेलारुसमा लुकेर बसेका कुँवर रुसी सेनामा कार्यरत नेपालीलाई भगाएर स्वदेश फकाइदिने भन्दै उनीहरुसँग सातदेखि १० लाख ठगि गर्दै आएको मूलपत्रको सम्र्पकमा आएका केही नेपालीहरुले बताएका छन् ।
बेलारुसमा लुकेर बसेका कुँवरले आफु आत्महत्या गरेको भ्रम फैलाउँदै ठगि गरिरहेको पाइएको छ । नेपालबाट रुसी सेनामा राम्रो कमाइ हुन्छ भनेर रुस पुराएर नेपालीलाई उनले अलपत्र समेत पार्दै आएका छन् ।
रुसमा अलपत्र परेर बसेका नेपाली अपहरण र मार्ने समेत उनले धम्की दिने गरेको पीडितहरुले जानकारी दिए । रुसमै बसेर उनले रुसी सेनामा भर्ती गराउने भन्दै २ हजारभन्दा बढी नेपालीसँग करोडौं रकम असुली गरेको पाइएको छ ।
उनको भिडियोसहित केही दिनमा मूलपत्रमा रिपोर्ट आउँदैछ।