मकै उत्पादन बढेपनि पाँच महिना पुग्दैन्, खडेरीका कारण उत्पादनमा ह्रास

काठमाडौँ– सात बर्षयता नेपालमा मकै उत्पादन बढ्न थालेको छ। किसानले व्यावसायिक रूपमा मकै खेती प्रवर्द्धन गर्न थालेपछि वार्षिक रुपमा उत्पादन बढ्दै गएको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले जनाएको छ।
कृषि मन्त्रालयकाअनुसार नेपालमा वार्षिक रूपमा ९ लाख हेक्टर क्षेत्रफलमा साढे २९ लाख मेट्रिक टन मकै उत्पादन हुन्छ। तर बजारमा करिब ३६ लाख मेट्रिक टनभन्दा बढी मकैको माग हुने गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुुुसार मकैको उत्पादन बढेपनि बजारमा स्वदेशी उत्पादनले पाँच महिना पनि पुग्दैन्।
नेपाली बजारमा मकैका विभिन्न परिकारको माग बढेसँग स्वदेशी उत्पादनले नपुग्ने गरेको कृषि विभागका प्रवक्ता डा. अरुण काफ्ले बताउँछन्। उनकाअनुसार नेपालमा वार्षिक रुपमा मकै उत्पादन बढेपनि बजारको माग पूर्ति गर्ने अवस्था छैन।
अहिलेको माग धान्न करिब सात लाख मेट्रिक टन मकै अपुग छ। यति मकै आर्यात हुने गरेको उनले बताए। ‘मकै खाने नेपालीको संख्या बढेको छ। अहिले नेपालका सानादेखि स्टार होटलमा समेत मकैका परिकार बनाइन्छ। जसका कारण पनि मकैको माग बढेको हो।’ उनले भने।
सरकारले मकै उत्पादन बढाउन नयाँ–नयाँ योजना अघि सारेको छ। सन् २०२७ देखि २०३० सम्ममा मकैमा अत्मानिर्भर हुने सरकारी लक्ष्य भएको उनको भनाइ छ।
नेपालमा करिब चार लाख मेट्रिक टनभन्दा बढी हरियो मकैको घोगा आयात हुने गरेको कृषि मन्त्रालयले जनाएको छ। नेपालमा करिब सात लाख मेट्रिक टनभन्दा बढी मकै उत्पादन हुने गरेको कृषि मन्त्रालयले जनाएको छ।
नेपालमा रामपुर कम्पोजिट, अरुण, रामपुर, खुमल पहेलो, मनकामना, देउती, शीतला, गणेश र अन्य ३६ प्रकार मकै उत्पादन हुने गरेको कृषि विभागले जनाएको छ।
नेपालको तराईमा १७.७९ प्रतिशत, उच्च पहाडमा ११.३२ प्रतिशत र मध्य पहाडमा ७०.८९ प्रतिशत भूभागमा मकै खेति हुँदै आएको छ। अहिले धेरै मकै उत्पादन हुने जमिन बाँझो भएका मकै खेती समेत हुन् छाडेको कृषि मन्त्रालयले जनाएको छ।
नेपालको उत्पादनले पाँच महिना मात्र धान्छ
नेपालमा उत्पादन भएको मकैले स्थानीय मागलाई करिब पाँच महिना मात्र धान्ने गरेको कृषि मन्त्रालयकै तथ्यांकमा भनिएको छ। कृषि मन्त्रालयको नगदेबाली उत्पादनसम्बन्धी एक अध्ययनले सात महिनाका लागि बाहिरबाट मकै आयात हुँदै आएको छ।
पशुपालनको क्षेत्र बढ्दै जाँदा मकैको माग बढ्दो छ। जसका कारण स्वदेशी उत्पादनले पाँच महिना मात्र माग धान्ने गरेको कृषि तथा पशुपन्छी मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सवनम शिवाकोटी अर्यालले जानकारी दिइन्।
मकै उत्पादनलाई प्राथमिकतामा राखेपनि यसको माग बढ्दो छ। मकैको माग खाद्यान्न र कुखुरा पालन व्यवसायका लागि मकैको माग बढेको उनले बताइन्। ‘दानाको अधिकांश हिस्सा विशेष गरी मकै र पिना बाहिरबाट आयात भइरहेको छ। नेपालमा उत्पादन भएको मकैले पाँच महिना मात्र धान्छ। त्यही भएर बाहिरबाट ल्याउनुपरेको हो।’ उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट पनि मकैको विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। मकै उत्पादन बढाउन मकै पकड क्षेत्र समेत घोषणा गरिएको छ।’
बाली विकास तथा जैविक विविधता केन्द्रबाट स्थानीय तहका मकै उत्पादन बढाउने कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ। आर्थिक वर्ष २०७५÷०७६ मा ९ लाख ६० हजार हेक्टर क्षेत्रफलबाट २८ लाख ५० हजार मेट्रिक टन मकै उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ।
यस्तै, आर्थिक वर्ष २०७६÷०७७ मा ९ लाख ५७ हजार हेक्टर क्षेत्रफलबाट २८ लाख ६० हजार मेट्रिक टन मकै उत्पादन भएको थियो। भने, आर्थिक वर्ष २०७७÷०७८ मा ९ लाख ७९ हजार हेक्टर क्षेत्रफलमा २९ लाख ९९ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो।
साथै, आर्थिक वर्ष २०७८÷२०७९ मा ९ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा ३१ लाख ६ हजार मेट्रिक टन मकै उत्पादन भएको छ। आर्थिक वर्ष २०७९÷२०८० मा ९ लाख ९० हजार हेक्टर क्षेत्रफलमा ३२ लाख ६ हजार मेट्रिक टन मकै उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा छ। कृषि मन्त्रालयका अनुसार चालु आर्थिक बर्षको तथ्यांक आउनु बाँकी छ।
गत आर्थिक बर्षमा ४ लाख ३५ हजार मेट्रिक टन मकै आयात भएको भान्सार विभागको तथ्यांकमा छ। भने, चालु आर्थिक बर्षको नौ महिनामा २ लाख ५० हजार मेट्रिक टन मकै आयात भएको विभागको तथ्यांकाम उल्लेख छ।
खडेरीका कारण उत्पादनमा ह्रास
बर्षेनि लाग्ने खडेरीका कारण मकै उपादनमा गिरावट आउने गरेको कृषि विभागले जनाएको छ। खेडेरीका कारण बर्षेनि २ देखि ३ लाख मेट्रिक टन मकै उत्पादनमा ह्रास आउने गरेको विभागको अनुमान छ।
खडेरीका कारण मैक उत्पादनमा गिरावट भइरहेको छ। आकाशेपानी, सिचाँई र पानी अभावका कारण मकै उत्पादनमा समस्या भइरहेको कृषि विभागका प्रवक्ता डा.काफ्ले बताउँछन्।
अहिले प्राय सबै प्रदेश र स्थानिय सरकारले मकै पटेक क्षेत्र घोषणा गरी उत्पादन बढाउन जोड गरिरहेको उनले जानकारी दिए। उनका अनुसार सबै स्थानिय तहले मकै उत्पादनको सम्भावनाको अध्ययन गरि उनीहरुले नै मकै उत्पादन पकेट क्षेत्र घोषणा गरिरहेको उनको भनाइ छ।
नेपालमा वार्षिक ३६ लाख मेट्रिक टन मैक बजारमा माग हुने गरेको कृषि मन्त्रालयले जनाएको छ। नेपालमा उत्पादित र आयतित गरी करिब ३४ लाख मेट्रिक टन मैक खपत भइरहेको छ। भने ३ लाख मेट्रिक टनभन्दा बढी मकै अवैध बाटो हुँदै नेपाल भित्रिने गरेको कृषि मन्त्रालयकै केही अध्ययनमा भनिएको छ।
मकै खाँदाका फाइदा
मकै तौल घटाउन सहयोगी हुनुका साथै विभिन्न प्रकारका विरामीहरुका लागि पनि लाभदायक हुने कृषि वैज्ञानिकहरु बताउँछन्। नियमित मकै खाने मानिसमा रोगप्रतिरोधात्मक क्षमता गरेको कृषि वैज्ञानिक डा. घनश्याम भण्डारीले जानकारी दिएर
उनका अनुसार मकैमा फाइबरको मात्रा प्रशस्त हुन्छ, जसले पाचन प्रणालीलाई सन्तुलित राख्छ। भने, मकैको नियमित सेवन गरेमा मानिसमा एसीडीटी र कब्जियतको समस्या हटेर जान्छ र मकैले सेवनले कोलेस्ट्रोल घटाई मुटुरोगको सम्भावनालाई समेत टार्ने गरेको उनले जानकारी दिए।
उनका अनुसार मकैमा हुने एन्टिअक्सिडेन्टले छाला तथा तन्तुलाई स्वस्थ राख्छ। हड्डिमा समस्या हुनेले पोलेको मकै खानु उपयोगी मानिन्छ, पोलेको मकैमा कपर, म्याग्नेसियम, आइरन र फस्फोरस हुन्छ जसले हड्डीलाई फाइदा पुग्ने गरेको डा भण्डारी बताउँछन्।
भुटेको वा पोलेको मकै खाँदा यसले शक्ति अभिवृद्धि गरी कार्बोहाइड्रेटको मात्रा बढाउँछ र सातामा ३÷४ पटकसम्म मकैको खानेहरुमा पेटको समस्या कम हुने गरेको उनको भनाइ छ।
पर्याप्त मात्रामा फोलिक एसिड पाइने मकै गर्भवती महिलाका लागि फाइदाजनक हुने र यसले गर्भवती महिलाको स्वास्थ्यमा समेत फाइदा पुग्ने डा. भण्डारी बताउँछन्।
नेपालमा खाइने खाध्यान्न मध्ये २६ प्रतिशत खाध्यान्न मकैले पूर्ति गर्दै आएको छ। अहिले विभिन्न रोगका कारण मकैको माग बढ्न थालेको डा. भण्डारीले बताए।