फस्टाउँदै हुन्डी, नियन्त्रणमा सरकार चुक्दा वार्षिक ५ खर्बको भित्रिन्छ

नेपालमा वार्षिक १२ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । गत आर्थिक वर्षमा साढे १२ खर्ब रेमिट्यान्स १ सय ८९ देशबाट भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा छ । यो रेमिट्यान्स वैधानिक बाटो हुँदै आएको हो ।
पछिल्लो समयमा नेपालमा हुन्डी कारोवारमार्फत पनि ठुलो रकम नेपाल भित्रिने गरेको अर्थमन्त्रालयकै वार्षिक प्रतिवेदनहरुमा उल्लेख छ ।
राष्ट्र बैंकले गरेको आर्थिक सर्वेक्षणमा समेत नेपालमा अवैध बाटो हुँदै हुन्डी कारोवारबाट वार्षिक ५ खर्बभन्दा बढी रकम भित्रिने गरेको बताइएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रिय स्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुन्डीको कारोबार फस्टाउँदै थालेको समेतत सरकारी अध्ययनमा औल्याइएको छ ।
नेपालमा वार्षिक ३५ –४० प्रतिशत रेमिट्यान्स अवैध बाटो भएर भित्रिने गरेको राष्ट्र बैंकले गर्दै आएको ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट’ मा उल्लेख छ । यो अध्ययनलाई सरकारी निकायहरुले आधार मान्दै आएका छन् ।
हुन्डी कारोबारले सरकारको तथ्याङ्क व्यवस्थापनदेखि नीति र योजनाहरूको निर्माण एवम् कार्यान्वयनमा पनि नकारात्मक असर पारिरहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट स्वीकार छन् । हुन्डी कारोबार राक्ने प्रयास र आवश्यक प्रक्रिया चल्ने काम भइरहेको उनले जानकारी दिए । ‘हुन्डीका कारण रोजगारी बढ्दैन र स्वदेशी माग पनि अपेक्षाकृत रूपमा बढ्न सक्दैन । हुन्डीले विदेशमा लगानी प्रवाहित हुँदा स्वदेशमा बढ्नुपर्ने लगानी बढ्दैन । यसले राष्ट्रिय अर्थतन्त्रलाई सबै पक्षबाट असर पारिरहेको हुन्छ ।’ उनले भने, ‘हुन्डी कारोवार वैदेशिक रोजगारीमा कार्यरत कामदार, विदेशमा रहेका नेपालीहरु, व्यापार–व्यवसाय गर्ने र अन्य माध्यमबाट आउने गरेको छ । यो अवैध भएपनि पछिल्लो बढ्दो छ । हुन्डी कारोबार रोक्न सबैले प्रसाय गर्नुपर्छ ।’
राष्ट्र बैंकले गत वर्ष गरेको उक्त अध्ययनमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले औसतमा वार्षिक ६ पटकसम्म रेमिट्यान्स आफन्तका नाममा पठाउने गरेका छन् । जसमा ६५ प्रतिशत मात्र रकम औपचारिक अर्थात् बैंकिङ च्यानलबाट नेपाल भित्रिने गरेको छ ।
बाँकी ३५ प्रतिशत रकम अनौपचारिक माध्यम, हुन्डी, ह्यान्डक्यारीमार्फत नेपाल भित्रिने गरेको बैंकको अनुमान छ ।
४० प्रतिशत बृद्धि बताउँछन्र । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने पनि हुन्डी कारोबार निकै बढेको पाइन्छ ।
बैङ्किङ कसुर अन्तर्गतको हुन्डी कारोबार पछिल्लो समय देशभर अवैध निकै बढेको प्रहरी रिपोटमा समेत उल्लेख छ । सूक्ष्म निगरानीमा राख्दा राख्दै पनि यस्तो अवैध कारोबार बढ्दै गएको प्रहरीका उच्च अधिकारीहरु नै बताउन
आर्थिक वर्ष २०७५÷७६ मा ४१ लाख ९२ हजार रुपैयाँ सहित ६ जना नेपाली नागरिक पक्राउ गरेका थिए । यो आर्थिक वर्षमा एउटा मात्रै हुन्डीको मुद्दा प्रहरीमा दर्ता भएको थियो । तर, यो आर्थिक वर्षपछि हुन्डीको कारोवार बढेको प्रहरीकै तथ्यांक देखाउँछ ।
आव २०७६÷७७ मा २४ मुद्दा दर्ता भएका छन् । सो आवमा १ करोड ८१ लाख ६२ हजार रुपैयाँ सहित २० जना नेपाली र १८ जना विदेशी नागरिक विरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको थियो ।
यस्तै, आव २०७७÷७८ मा २ करोड १७ लाख ९९ हजार रुपैयाँ सहित १३ जना नेपाल र १२ जना विदेशी नागरिक हुन्डी कारोबारको आरोपमा पक्राउ परेका थिए । सो वर्ष १६ वटा मुद्दा दर्ता भएको थियो । साथै, अघिल्लो आव २०७८÷७९ मा पनि १ करोड ८६ लाख ४३ हजार रुपैयाँ सहित ११ जना नेपाली र १२ विदेशी नागरिक पक्राउ परेका थिए । सो वर्ष १५ वटा मुद्दा दर्ता भएको थियो ।
यसैगरी, आर्थिक वर्ष २०७९÷८० मा हुन्डी कारोबारको २१ वटा मुद्दा दर्ता भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार २ करोड ५२ लाख ३१ हजार रुपैयाँ बराबरको बिगो दाबी सहित हुन्डी कारोबारको २१ वटा मुद्दा दर्ता गरिएको हो । गत वर्ष २५ जना नेपाली र ६ जना विदेशी नागरिक हुन्डी कारोबारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अघिल्लो आवमामा १५ वटा मुद्दा दर्ता भएको थियो । अघिल्लो आवमा १ करोड ८६ लाख ४३ हजार रुपैयाँ बराबरको हुन्डी रकमसँगै ११ जना नेपाली र १२ जना विदेशी गरी २३ जना व्यक्ति पक्राउ परेका थिए ।
हुन्डीको कारोवार ४० प्रतिशतले बढेको प्रहरीको वार्षिक रिपोर्टमा उल्लेख छ ।
पछिल्लो समय हुन्डी कारोबार मात्र नभई स्रोत नखुलेको रकम तथा माल वस्तुको देश बाहिर पठाउने र भित्राउने जस्ता अवैध क्रियाकलाप बढिरहेको प्रहरी प्रधान कार्यलयका प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।
अवैध कारोबारमा आकर्षण बढेसँगै हुन्डीबाट ठगिने क्रम पनि निक्कै बढेको छ । विदेशबाट पैसा पठाउन र लिन सजिलो भएकाले हुन्डी प्रति विदेशमा बस्ने नेपाली हुन्डीको प्रयोग सहजै गर्न रुचाउने संख्या पनि बढेको उनले बताए । ‘अवैध र एकदमै जोखिमपूर्ण भएकाले यस्तो कारोबारबाट नगर्ने सम्बन्धीत पक्षलाई सचेत गराउनुपर्छ । हुण्डी कारोबारमा सुरुसुरुमा लोभ्याउने तर, पछि ठगी भएका समेत घटना प्रशस्त आउने गरेका छन् ।’ उहाँले भन्नुभयो ।
यूएई हंङकङ, चीन र भारतहुँदै नेपालमा हुन्डी
नेपालमा युएई, भारत, थाइल्याण्ड चीन र हंङकंङको बाटो हुँदै बढी हुन्डीमार्फत पैसा आउने गरेको छ । नेपालमा धातुको सामान, रक्सी, कपडा व्यापार, लागू औषधी, अवैध औषाधीका सामानबाट हुन्डीको कारोवारबाट पैसा आउने गरेको स्यंम व्यापारीहरुले बताउँदै आएका छन् ।
विश्व बजारमा चलेको मुल्यभन्दा धेरै पैसा सटही हुन्डी व्यापारीले दिने गरेका छन् । जसका कारण पनि हुन्डी कारोवारमार्फत पैसा नेपाल भित्रिने क्रम बढेको अर्थमन्त्रालयका एक कर्मचारीले जानकारी दिनुभयो ।
यूएई, भारत, चीन, हंङकंङ र थाइल्याण्डमा धेरै हुन्डीको कारोवार हुन्छ । यी देशमार्फत सामान सप्लाई गर्दा हुन्डीमार्फत पैसा पठाउने र भित्राउने गरेको ती कर्मचारी बताउनुहुन्छ ।
यूएई, चीन, हंङकंङ, भारत र थाइल्याण्डका व्यापारीले हुन्डीमार्फत सामान खरिद गरिरहेका छन् । यी देशमा बसेर एसियाका देशमा हुन्डीको कारोवारमा केही नेपाली व्यापारी पनि संलग्न रहेका छन् ।
बैक पहुँच भएपनि धेरै रकम पाउने आसमा धेरैले हुन्डीमार्फत पैसा पठाउने गरेका छन् ।
अवैध कारोबारले राष्ट्रिय अर्थतन्त्रमा बहु आयामिक रूपमै प्रभावित भइरहेको अर्थविज्ञहरुले समेत बताउँर्दै आएका छन् । आयातमा आधारित हाम्रो अर्थतन्त्रलाई कति वैध र कति अवैध भनेर ठ्याक्कै छुट्टाउने गरी बृहत्तर अध्ययन नभएका कारण पनि हुन्डी कारोवार बढेको विज्ञहरुको भनाइ छ ।
चीन, भारत, खाडीका देश, युरोप, अफ्रिका, क्यानडा, अमेरिका र मलेसियाबाट ठुलो मात्र रेमिट्यान्स हुन्डीमार्फत आउने गरहेको सरकारी अनुमान छ ।
सरकारद्वारा औपचारिकरूपमा काममा जान प्रतिबन्ध लगाइएका अफगानिस्तान, इराक र सरिया देशबाट पनि हुन्डीमार्फत रेमिट्यान्स आउने गरेको छ ।
हुन्डी गर्ने तरिका फेरिँदै
पछिल्लो समय हुन्डी कारोबारको तौर तरिका पनि कारोवारीहरुले फेर्ने थालेका छन् । पछिल्लो समय नयाँ–नयाँ प्रविधि, व्यापार, अवैध बैंकिङ कारोवार, प्रतिबन्ध लगााइएका प्रविधि अपनाएर हुण्डी कारोवार भइरहेको छ ।
विदेशबाट आएको समानको पैसा बैंकिड कारोवारमार्फत भुत्तानी गर्ने चलन समेत बढेको र यो पैसा पनि हुन्डीमार्फत अवैध तरिकाले भुत्तानी हुने गरेको राष्ट्र बैंकले नै बताउँदै आएको छ । विगत केही वर्षयता सबैभन्दा बढी नयाँ प्रविधि, रक्सी र कपडामा हुन्डी कारोवार भइरहेको अर्थ मन्त्रालयकै अध्ययनमा उल्लेख छ ।