अब बैंकहरूले सीएसआरबाट जेनजी आन्दोलनका घाइतेको उपचार खर्च बेहोर्ने
काठमाडौं– जेनजी आन्दोलनमा घाइते भएका नागरिकको उपचार खर्च अब बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकमबाट बेहोर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले हालै संशोधन गरेको सीएसआर मार्गदर्शन २०८१ अनुसार सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका घाइतेको औषधि उपचार खर्च बैंकहरूले सीएसआरअन्तर्गत खर्च गर्न सक्ने व्यवस्था गरिएको हो ।
त्यस्तै, आन्दोलनमा सहिद भएका व्यक्तिका आश्रित परिवारलाई आयआर्जनमा सक्षम बनाउने उद्देश्यले सीपमूलक तालिमको खर्च पनि सीएसआरमा गणना गर्न पाइनेछ । यस्ता तालिमहरू नेपाल सरकार वा स्वीकृत संस्थाबाट प्रदान हुनुपर्नेछ ।
नयाँ व्यवस्थाले जेनजी आन्दोलनबाट प्रभावित नागरिकका लागि स्वास्थ्य र पुनःस्थापनामा सहजता आउने अपेक्षा गरिएको छ ।
