पोखरामा प्रसाईलाई केरा हानेको हल्ला मात्र: आक्रमण भएको छैन

पोखरामा प्रसाईलाई केरा हानेको हल्ला मात्र: आक्रमण भएको छैन
  • १० जेष्ठ २०८१, बिहीबार ०५:०६

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पोखरामा कसैले केराले हानेको हल्ला हिजोदेखि सामाजिक सञ्जालमा फैलिएको छ । तर उनीमाथि पोखरामा कसैले केराले आक्रमण नगरेको पोखरा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कसैले प्रसाईलाई आक्रमण गरेको हल्ला मात्र फैलाएको हो । उनीमाथि आक्रमण भएको छैन ।

mulpatra

प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभिायन अन्तरर्गत पोखरामा आमसभा गरेर फर्किने क्रममा कसैले उनीमाथि आक्रमण गरेको हल्ला अहिले सामाजिक सञ्जालमा चलाएको छ । तर प्रसाई सचिवालयका अनुसार उनको व्यक्तिगत र राजनीतिक जिवनमा असर पर्नेगरी कसैले अपवाह मात्र फैलाएको जनाएको हो ।

हिजो पोखरामा २० हजारभन्दा बढी जनता सहभागि थिए । त्यहाँको कार्यक्रममा उहाँले शान्तिपुर्ण सम्बोधन गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

mulpatra mulpatra mulpatra

सचिवालयका अनुसार आक्रमण भएको छैन । अहिले हुँदै नभएको हल्ला सामाजिक सञ्जालमा कसैले फैलाइरहेको छ । यसरी सामाजिक सञ्जालमा नकारात्मक हल्ला फैलाउनेको खोजी भइरहेको छ । यादि भेटिए त्यस्तो व्यक्तिलाई साइबर प्रहरीमा जिम्मा लगाउने सचिवालको भनाइ छ ।