Close

Recent Posts

स्याङजाका कुवँर रुसी सेनामा कार्यरत नेपालीलाई भगाएर प्रतिव्यक्ति सात लाख असुल्दै

स्याङजाका कुवँर रुसी सेनामा कार्यरत नेपालीलाई भगाएर प्रतिव्यक्ति सात लाख असुल्दै
  • १३ जेष्ठ २०८१, आईतवार ०४:५२

काठमाडौं– अवैध बाटो हुँदै रुसी सेनामा नेपाली युवालाई प्रलोभन देखाइ स्याङजा वलिङका चन्द्रबहादुर कुवँरले लैजाने गरेका छन् । सरकारले बन्द गरेपनि उनीसहितको दलालले रुस लगेर भर्ती गराएका नेपालीसँग उल्टो त्यहाँको सेनाबाट भगाएर पैसा असुली गर्दै आएका छन् । कुँवरले रुसी सेनाबाट एक जना नेपाली भगाएबापत ७ लाखभन्दा बढी नेपालीसँग पैसा लिने गरेको रुसमा रहेका नेपालीहरुले बताएका छन् ।

mulpatra

उनले रुसी सेनाबाट भगाएका नेपालीलाई ब्लकमेलिङ गरेर त्यहाँको प्रहरी समेत लगाउने गरेको रुसमा रहेका नेपालीहरु बताउँछन् । कुँवर रुसी सेनामा नेपाली लगेर ठगि गर्न सक्रिय छन् । उनले प्रतिव्यक्ति ११ लाख लिएर रुप पु¥याएका कतिपय नेपाली अहिले पनि अलपत्र अवस्थामा छन् ।

कुँवरले ५० जनाभन्दा बढी नेपाली युवालाई रुसमा बन्धक बनाएर राखेको पाइएको छ । ५० जना युवालाई रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाएर प्रतिव्यक्ति १५ लाख समेत लिएको रुसबाटै एक युवाले जानकारी दिए। ती युवाका अनुसार अहिले उनले रुसी सेनामा भर्ती गराउने भन्दै लगेको ५० जना युवालाई बन्धक बनाएर राखेका छन् । अहिले खान–बस्नको टुङगो छैन । हामी ५० जनालाई बन्धक बनाएर राखेको छ । भोली रुसी सेनामा भर्ती गराउने भन्दै प्रलोभन देखाएर राखेको उनको भनाइ छ ।

mulpatra mulpatra mulpatra

स्याङजाका कुँवर अहिले सम्म २ हजारभन्दा बढी युवासँग १० करोडभन्दा बढी पैसा ठगि गरेको पाइएको छ । उनी रुसमा बसेर नेपाली युवालाई नेपालमा एजेन्ट राखेर ठगि गर्दै आएका छन् । उनीले ठगिबाट बच्न आफुले नै अत्माहत्या गरेको अपवाह फैलाउँदै बेलारुसमा बसेर ठगि गर्दै आएका छन् । कुँवरलाई प्रहरीले समेत खोज्दै छ ।