जनकपुरमा जेठ २७ मा प्रसाईको भव्य आमसभा, राजनीतिक बृत्तमा चर्चा

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईले दुई बर्षयता देशव्यापी रुपमा भुँई मान्छेका लागि नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् । उनको महाअभियानमा करिब १७ लाखभन्दा बढी सर्वसधारण जोडिसकेका छन् ।
राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईले आगामी जेठ २७ गते जनकपुरमा विशाल आमसभाको आयोजना गर्दै छन् । प्रसाईको जनकपुरमा हुने आमसभालाई राजनीतिक बृत्त र विदेशी शक्तिले महत्वका साथ हेर्ने बुझिएको छ ।
मैले भुँई मान्छेका लागि आवाज उठाइरहेको छु । जनताले मेरो महाअभियानलाई स्वीकार्ने थालेको प्रसाईले बताए । म नेपाल बचाउ सबैथोक छाडेर महाअभियानमा होमिएको हुँ । यसमा कुनै स्वार्थ नभएको प्रसाई बताउँछन् । अहिलेका राजनीतिक प्रतिनिधिले देश लुटिखाने भाँडो मात्र बनाएको उनको आरोप छ ।
प्रसाईको जनकपुरमा हुने आमसभालाई एसियाका देशहरुले महत्वमा राखेका छन् । प्रसाईको महाअभियानलाई पछिल्लो समय विदेशी शक्ति राष्ट्रहरुले नजिकबाट महत्व दिएर हेर्ने थालेको राजनीतिक बृत्तमा चर्चा छ । प्रसाईको आमसभामा कम्तिमा ३० हजार सर्वसाधारण सहभागि हुने उनको सचिवालयको अनुमान छ।
बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजविरुद्ध आवाज उठाएर आन्दोलन गरिरहेको प्रसाईको महाअभियानप्रति जनताको विश्वास र आस बढ्दो छ । भने विदेशी शक्तिले अप्रत्यक्ष रुपमा उदयमान शक्तिका रुपमा प्रसाईलाई लिन थालेका छन् ।
प्रसाईले बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएको भन्दै तिनकाविरुद्ध गाउँ गाउँबाट आन्दोलन गरेको प्रति विदेशी मिडियाले रिपोटिङ समेत गदै आएका छन् । हाल बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याज पीडित देशभर ७४ लाख छन् । पछिल्लो समय उनीहरुको आवाज समेत प्रसाई बनेका छन् ।
प्रसाईले उठाएको निमुखा जनताको आवाज ठिक भएको भन्दै सर्वसाधारणले उनको महाअभियानमा सहयोग गर्न थालेका छन् ।