गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास, प्रतिपक्षसँग साँझ पुनः छलफल

गतिरोध हटाउन प्रधानमन्त्रीको प्रयास, प्रतिपक्षसँग साँझ पुनः छलफल
  • १४ जेष्ठ २०८१, सोमबार ०७:४६

काठमाडौं– संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रयास अझै सार्थक बन्न सकेको छैन ।

mulpatra

प्रधानमन्त्रीको पहलमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षी दलहरूको बैठक पनि निष्कर्षमा पुग्न सकेन। तर, आजै साँझ पुनः छलफलमा बस्ने दुवै पक्षीय नेताहरूले बताएका छन् ।

सत्ता र प्रतिपक्षको बैठकअघि प्रधानमन्त्रीले दुवै पक्षीय दलका नेताहरूसँग अलग–अलग पनि छलफल गरेका थिए । सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले नाम उल्लेख गरेरै संसदीय छानबिन समिति गठनको अडान राख्दै आएको छ ।

mulpatra mulpatra mulpatra

संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि नाम किटेरै उल्लेख गर्ने कांग्रेसको मागमा भने सहमति जुट्न सकेको छैन । सहमति नजुट्दा पटकपटक सदन अवरुद्ध भइरहेको छ ।

भोलि १५ जेठमा सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुपर्नेछ। तर, सदन सहज नबन्दा प्रधानमन्त्रीले सहमतिका लागि प्रयास गरिरहेका हुन् ।