Close

Recent Posts

रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार पेसी

रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार पेसी
  • १४ जेष्ठ २०८१, सोमबार ०८:५१

काठमाडौं–उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता दिनमणि पोखरेलाई समेत विपक्षी बनाइ सोमबार रिट दर्ता गरेका हुन् ।

mulpatra

सर्वोच्चका सूचना अधिकृत गोविन्दप्रसाद घिमिरेले रिट दर्ता भएको र १६ जेठका लागि पेसी तोकिएको जानकारी दिए ।

महान्यायाधिवक्ता पोखरेलले लामिछानेमाथि कुनै मुद्दा मामिला नरहेको पत्र लेखेका थिए । जसको व्यापक आलोचना भएको थियो ।

सहकारी प्रकरणमा मुछिएका लामिछानेको बचाउनमा प्रधानमन्त्री पनि लागेका थिए भने महान्यायाधिवक्ताले पत्र लेखेका थिए । रिटमा अनुसन्धान प्रक्रियामा गृहमन्त्रीमा रहँदा लामिछानेले अनुचित प्रभाव पार्न सक्ने भन्दै तत्काल निलम्बन गर्न पनि माग गरिएको छ ।