प्रसाईसँग भिड्न खोज्दा राजनीतिकबाटै एक्लिए एमाले नेता बस्नेत, सबै साख गिर्‍यो

प्रसाईसँग भिड्न खोज्दा राजनीतिकबाटै एक्लिए एमाले नेता बस्नेत, सबै साख गिर्‍यो
  • १४ जेष्ठ २०८१, सोमबार १५:५९

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतको गृह जिल्ला भक्तपुरमा हालै सम्पन्न अधिवेशनमा बस्नेत पक्षीय जिल्ला कार्यसमितिको प्यानल नै पराजित भएको छ । त्यसपछि भक्तपुरमा बस्नेतको विषयमा टिकाटिप्पणी हुन् थालेको छ ।

पछिल्लो समय राष्ट्रव्यापी रुपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईको राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कार्यक्रम चर्चा र जनताको समर्थन पाइरहेका छन् । उता एमाले नेता बस्नेत भने अहिले शोभा पाठकले फौजदारी अभियोगको जाहेरी दर्ता भएको दुई माहिना नाघेको छ । बस्नेत यही कारण र प्रसाईसँग भिडेका कारण अहिले एमाले र सार्वजनिक क्षेत्रबाट एक्लिएका छन् ।

सरकारले उनीमाथि कानुनी कारवाही गरेको छैन । पाठकलाई प्रयोग गरी बस्नेतले प्रसाईलाई फसाउने खोजेपनि त्यो झुटो विषय स्यंम शोभा पाठकले बाहिर ल्याएपछि बस्नेतलाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले अहिले गाली गरिरहेका छन् ।

प्रसाईको राजनीतिकसँगै सार्वजनिक साख बढ्दै जाँदा उनलाई नव उदयमान नेताका रुपमा विदेशी शक्तिले समेत स्वीकार्न थालेका छन् । बस्नेतको भने राजनीतिक र सार्वजनिक साख गिरेको छ । अहिले बस्नेतलाई प्रसाईसँग भिडदाको नजिता पाएको भन्दै एमालेकै नेताहरुले कुरा काट्न थालेका छन् ।

पछिल्लो समय बस्नेतलाई सार्वजनिक कार्यक्रममा समेत निमन्त्रण गर्न छाडिएको छ । भने एमालेभित्र स्त्री लम्पट नेता र राजनीतिक बृत्तमा उनलाई बलात्कारी भनेर आलोचना भइरहेको छ ।

कतिपयले बस्नेतलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग भिडदा उनीको राजनीतिक र सार्वजनिक साख सकिएको समेत बताउन थालेका छन् । भने उनको राजनीतिक जिवन नै सकिएको पनि टिकाटिप्पणी भइरहेको छ ।

गत असोजमा एमाले निकट युवासंघको अगुवाइमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालो मोसो फ्यालिएको थियो । त्यतिबेला एमाले नेता बस्नेतको नेतृत्वमा प्रसाईलाई कालो मोसो फ्यालिएको खुलेको थियो । त्यसपछि बस्नेतलाई सामाजिक सञ्जालमा सर्वसाधारणले गाली र आक्रमण गरेका थिए ।

बस्नेतका लागि अब राजनीतिक जीवन जोगाउने प्रतिरोधको अवस्थाभन्दा केही पनि बाँकी छैन। त्यहाँमाथि पाठकले आफूमाथि बस्नेतका कार्यकर्ताले आक्रमण गरेको भनी बयानबाजी शोभाले गरेकी छन् र पार्टी कार्यालयमा पनि उजुरी गरेकी छन् ।

महेशविरुद्ध भ्रुण हत्या र बलात्कार आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको लामो समयसम्म भइसक्यो । तर प्रहरीले प्रारम्भिक अनुसन्धान नै चलिरहेको बताएपनि बस्नेतलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले यस विषयमा चाँडै बस्नेतलाई पक्राउ गरेर कानुनी कारवाही गर्ने तयारी समेत गरिरहेको छ ।

गत मंसिर ७ मा प्रसाईसँग कार्यक्रम जुधाएर शक्ति प्रर्दशन गर्न खोज्दा बस्नेतको मात्र होइन, एमालेकै राजनीतिक बृत्तमा बेइज्वत भएको थियो । प्रसाईको कार्यक्रममा ४० हजार भेला हुँदा युवा संघको कार्यक्रममा ३ हजारपनि कार्यकर्ता भेला भएन । त्यस यता प्रसाईले गरेको हरेक कार्यक्रममा १० हजारभन्दा बढी जनता भेला हुने गरेका जछन् ।

यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईले भने आफनो नागरिक बचाउ महाअभियान भुँई मान्छेका लागि भएका कारण कोहीसँग दाँज्न नमिल्ने बताएका छन् । मलाई सक्नुपर्छ भनेर हिडेका राजनीतिक दलका केही नेताहरु अहिले समाजमा अनुसार देखाउन नसक्ने भएका छन् । जनताले त्यस्ता व्यक्तिको चरित्र राम्ररी थाहा पाएको प्रसाईको बुझाइ छ ।

प्रसाईसँग पछिल्लो समय सबै राजनीतिक दल त्रासमा छन् । भँइमान्छेका लागि लडेको हुँ । उनीहरुका समस्या समाधान गर्न आफनो लडाई भएको प्रसाईको भनाइ छ ।