प्रसाईसँग भिड्न खोज्दा राजनीतिकबाटै एक्लिए एमाले नेता बस्नेत, सबै साख गिर्यो
काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतको गृह जिल्ला भक्तपुरमा हालै सम्पन्न अधिवेशनमा बस्नेत पक्षीय जिल्ला कार्यसमितिको प्यानल नै पराजित भएको छ । त्यसपछि भक्तपुरमा बस्नेतको विषयमा टिकाटिप्पणी हुन् थालेको छ ।

पछिल्लो समय राष्ट्रव्यापी रुपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईको राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कार्यक्रम चर्चा र जनताको समर्थन पाइरहेका छन् । उता एमाले नेता बस्नेत भने अहिले शोभा पाठकले फौजदारी अभियोगको जाहेरी दर्ता भएको दुई माहिना नाघेको छ । बस्नेत यही कारण र प्रसाईसँग भिडेका कारण अहिले एमाले र सार्वजनिक क्षेत्रबाट एक्लिएका छन् ।
सरकारले उनीमाथि कानुनी कारवाही गरेको छैन । पाठकलाई प्रयोग गरी बस्नेतले प्रसाईलाई फसाउने खोजेपनि त्यो झुटो विषय स्यंम शोभा पाठकले बाहिर ल्याएपछि बस्नेतलाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले अहिले गाली गरिरहेका छन् ।
![]() |
![]() |
![]() |
|---|
प्रसाईको राजनीतिकसँगै सार्वजनिक साख बढ्दै जाँदा उनलाई नव उदयमान नेताका रुपमा विदेशी शक्तिले समेत स्वीकार्न थालेका छन् । बस्नेतको भने राजनीतिक र सार्वजनिक साख गिरेको छ । अहिले बस्नेतलाई प्रसाईसँग भिडदाको नजिता पाएको भन्दै एमालेकै नेताहरुले कुरा काट्न थालेका छन् ।
पछिल्लो समय बस्नेतलाई सार्वजनिक कार्यक्रममा समेत निमन्त्रण गर्न छाडिएको छ । भने एमालेभित्र स्त्री लम्पट नेता र राजनीतिक बृत्तमा उनलाई बलात्कारी भनेर आलोचना भइरहेको छ ।
कतिपयले बस्नेतलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग भिडदा उनीको राजनीतिक र सार्वजनिक साख सकिएको समेत बताउन थालेका छन् । भने उनको राजनीतिक जिवन नै सकिएको पनि टिकाटिप्पणी भइरहेको छ ।
Image Source: © https://mulpatra.com
गत असोजमा एमाले निकट युवासंघको अगुवाइमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालो मोसो फ्यालिएको थियो । त्यतिबेला एमाले नेता बस्नेतको नेतृत्वमा प्रसाईलाई कालो मोसो फ्यालिएको खुलेको थियो । त्यसपछि बस्नेतलाई सामाजिक सञ्जालमा सर्वसाधारणले गाली र आक्रमण गरेका थिए ।
बस्नेतका लागि अब राजनीतिक जीवन जोगाउने प्रतिरोधको अवस्थाभन्दा केही पनि बाँकी छैन। त्यहाँमाथि पाठकले आफूमाथि बस्नेतका कार्यकर्ताले आक्रमण गरेको भनी बयानबाजी शोभाले गरेकी छन् र पार्टी कार्यालयमा पनि उजुरी गरेकी छन् ।
महेशविरुद्ध भ्रुण हत्या र बलात्कार आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको लामो समयसम्म भइसक्यो । तर प्रहरीले प्रारम्भिक अनुसन्धान नै चलिरहेको बताएपनि बस्नेतलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले यस विषयमा चाँडै बस्नेतलाई पक्राउ गरेर कानुनी कारवाही गर्ने तयारी समेत गरिरहेको छ ।
गत मंसिर ७ मा प्रसाईसँग कार्यक्रम जुधाएर शक्ति प्रर्दशन गर्न खोज्दा बस्नेतको मात्र होइन, एमालेकै राजनीतिक बृत्तमा बेइज्वत भएको थियो । प्रसाईको कार्यक्रममा ४० हजार भेला हुँदा युवा संघको कार्यक्रममा ३ हजारपनि कार्यकर्ता भेला भएन । त्यस यता प्रसाईले गरेको हरेक कार्यक्रममा १० हजारभन्दा बढी जनता भेला हुने गरेका जछन् ।
यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईले भने आफनो नागरिक बचाउ महाअभियान भुँई मान्छेका लागि भएका कारण कोहीसँग दाँज्न नमिल्ने बताएका छन् । मलाई सक्नुपर्छ भनेर हिडेका राजनीतिक दलका केही नेताहरु अहिले समाजमा अनुसार देखाउन नसक्ने भएका छन् । जनताले त्यस्ता व्यक्तिको चरित्र राम्ररी थाहा पाएको प्रसाईको बुझाइ छ ।
प्रसाईसँग पछिल्लो समय सबै राजनीतिक दल त्रासमा छन् । भँइमान्छेका लागि लडेको हुँ । उनीहरुका समस्या समाधान गर्न आफनो लडाई भएको प्रसाईको भनाइ छ ।



