आगामी बर्षको बजेट विकासकेन्द्रीत भन्दा राजनीतिक कार्यकर्ता पोस्ने गरी ल्याइएको प्रसाईको टिप्पणी

आगामी बर्षको बजेट विकासकेन्द्रीत भन्दा राजनीतिक कार्यकर्ता पोस्ने गरी ल्याइएको प्रसाईको टिप्पणी
  • १६ जेष्ठ २०८१, बुधबार ०६:४३

काठमाडौँ– आगामी बर्षको बजेट राजनीति दलका नेता–कार्यकर्ता पोस्ने र हाल सांसदमा सहभागि दलको वरिपरि मात्रै केन्द्रित रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईले टिकाटिप्पणी गरेका छन् ।

mulpatra

शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य रकम विनियोजन गरिए पनि आम नागरिकका समस्या केन्द्रीत बजेट नआएको उनको आरोप छ । राजनीतिक दलका नेता र कार्यकर्तालाई फाइदा हुनेगरी बजेट ल्याइएको छ । यो बजेटबाट जनताले विकासको आस गर्ने ठाँउ नरहेको उनको टिप्पणी छ ।

बजेटमा रोजगारी सिर्जना, वैदेशिक रोजगारीको विकल्प, स्वास्थ्यका समस्या, जनताको दैनिक चल्ने, महँगी नियन्त्रण, जनताको दैनिकसँग जोडिएका विकास र अन्य सुविधा जोडिएको छैन । त्यसका कारण बजेटले आम जनताका समस्या संम्बोधन गर्ने उनले बताए । ‘विकासका लागि आएको बजेट विकास केन्द्रीत हुन्छ । खोई त विकासको खाका कोर्ने गरी बजेट आएको ? अहिलेको बजेट किसान, कर्मचारी र आम जनताका समस्या समधान गर्नभन्दा पनि थप्न जस्तो देखियो ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

देशलाई समृद्धिको दिशामा अघि बढाउन राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्ने गरी बजेट आउनुपर्ने हो । समाजवादउन्मुख भनेर मात्र हुँदैन । कृषिमा उत्पादन बढाउने मुख्य उद्देश्य हुने बजेट ल्याउनुपर्ने हो । त्यस्तो कुनै योजना नभएको प्रसाईको बुझाइ छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । उले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब करोड अर्थात् प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रहेको घोषणा गरेका हुन् । यसमा आन्तरिक आयस्रोतले कति धान्न छ भन्ने मुख्य विषय भएको प्रसाई बताउँछन् । म एउटा व्यवसायी मात्र होइन । पछिल्लो समय समग्र जनताका समस्या बुझेको व्यक्ति समेत भएका कारण अहिलेको बजेटका बारेमा टिकाटिप्पणी गरेको उनी बताउँछन् ।

उनका अनुसार अहिले नेपालमा आर्थिक वृद्धि, रोजगारी, सुशासन र निजी क्षेत्रको मनोबल बढाएर लगानीमैत्री वातावरण आवश्यक थियो । युवासँगै व्यवसायी पलायन भइरहेका बेला उनीहरुमाथि थप निराशा बनाउने बजेट ल्याइएको प्रसाईले जानकारी दिए । ‘चालु आर्थिक बर्षमा बजेटको आधा पनि राजश्व सरकारले उठाउन सकेन । बजेटको ६० प्रतिशत खर्च गर्न सरकारलाई धौ–धौ परेको छ । त्यही भएर आगामी बर्षको बजेट पनि जनतालाई आर्थिक भार थप्न मात्र आएको हो ।’ उनले भने ।

Image Source: © https://mulpatra.com

कतिपय बजेटमा ल्याइएका कार्यक्रम नेता तथा कार्यक्रमलाई चित्त बुझाउने गरी ल्याइएको छ । त्यसका लागि बजेट कति हो सुनिश्चितता नगरी कार्यक्रम ल्याइएको उनको दाबी छ । उनी भन्छन् ‘बजेटमा त नयाँ योजना, विकासको परिकल्पना, जनताको आर्थिक बृद्धिदर बढ्ने र भविष्यमा बन्ने योजनाको सबै चित्र आउनुपर्ने हो । बजेट ल्याइस भन्दा ल्याए भने जस्तो मात्र भयो ।’

राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणमा जाने बजेट आएको छैन । यस्ता बजेटले जनताका आवश्यकताको संम्बोधन नगर्ने समेत प्रसाईको टिप्पणी छ ।

उनका अनुसार उत्पादनको समान वितरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षामा ठोस आधार नभएको र केही वितरणमुखी, सुधारवादी र समाजवादउन्मुख कार्यक्रम बजेटमा नभएको प्रसाईको भनाइ छ ।

सरकारको आम्दानी र खर्चको क्षमता सुधार्ने योजनाबिना सरकारले परम्परागत शैलीकै बजेट ल्याएको छ । यसबाट ठूलो परिमाणमा कृषिमा उत्पादन वृद्धि, लाखौं रोजगारी सिर्जना र पूर्वाधार विकासमा फड्को मार्ने महत्त्वाकांक्षी लक्ष्य नभएको प्रसाईले जानकारी दिए ।

दुर्गा प्रसाईले एक बर्षयता नयाँ सोचका साथ नागरिक बचाउ महाअभियान सञ्चालन गर्दै आएका छन् । प्रसाईले जनताको दैनिकीसँग जोडिएका समस्या र उनीहरुका समस्या समाधान गर्ने सरकारसँग आजाव उठाइदिँदै आएका छन् ।