संघीय सरकार र राजनीतिक दलप्रति बालेनको आक्रोश
काठमाडौं– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिदै आएका छन् । २०७९ सालमा काठमाडौँ महानगरको प्रमुख पदमा निवार्चित भएर आएपछि बालेनले संघीय सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति सामाजिक सञ्जालमार्फत संघीय सरकारप्रति आक्रमक बन्दै आएका छन् ।

उनले महानगरपालिका भित्रका मुख्य समस्यालाई लिएर बेला–बेला सरकारविरुद्ध आक्रमण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट गदै आएका छन् । तर संघीय सरकारले भने उनको आक्रोश अभिव्यक्तिमा अहिलेसम्म संयमता अपनाउँदै आएको छ ।
बालेनको स्टाट्सपछि उनका समर्थकहरु भने संघीय सरकार र सत्तामा रहेका राजनीतिक दलप्रति आक्रमक बन्ने गरेका छन् । गत साता महानगरका मेयर शाहले सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिदै सामाजिक सञ्जालमा पोष्ट गरे । उनले फोहोर बोक्ने गाडीका ४ जना चालकलाई पक्राउ गरिएको भन्दै सामाजिक सञ्जालमार्फत संघीय सरकारलाई आक्रोश पोखेका थिए ।
![]() |
![]() |
![]() |
|---|
त्यसको एक सातापछि उनले कलंकीदेखि महाराजगञ्जसम्म चक्रपथको सडक समयमा बनाउन दवाव दिनभन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई टिपरमा धुलो उपहार पठाएका थिए ।
उनले ‘‘विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ ।’ बालेनले भने, ‘काठमाडौंमा हुने आधाभन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ।’
उनको स्टाट्समा ‘जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु। माया सम्झेर स्वीकार्नु होला ।’ लेखिएका छन्।
महानगरका प्रमुखले गरेको व्यवहारप्रति सडक डिभिजन कार्यालयले आपत्ति जनाउँदै विज्ञप्ती निकालेको छ । शनिबार एक विज्ञप्ति जारी गरी डिभिजन कार्यालयले उक्त घटनाले महानगरपालिकाको गरिमा नबढाउने उल्लेख गरेको छ ।
कार्यालयले महानगरले कानुनी राज्यको उपहास गरेको सडक डिभिजनको विज्ञप्तीमा भनिएको छ। विज्ञप्तीमा महानगरको माग राम्रो भएपनि व्यवहार भने कानुनबाहिर भएको समेत विज्ञप्तीमा छ ।
Image Source: © https://mulpatra.com
काठमाडौँ महानगरले धुलो उपहार पठाएर गरेको व्यवहारले सरकारका अंगबीच द्वन्द्व सिर्जना गर्ने सडक डिभिजन कार्यालयका प्रवक्ता रामहरि पोखरेल बताउँछन् । कहिलेकाँही सानो विषयले ठुलो द्वन्द्व सिर्जना गर्छ। समस्या बढाउनेभन्दा पनि समस्याको समाधान खोज्नेतिर लाग्नुपर्ने उनले बताए । ‘महानगर भित्रका समस्या सरकारकै समस्या हुन्। ती समस्याकै कारण जनताले दुख पाएका छन्। सरकारले तीनै तहका समस्यालाई आफनो सम्झिएर सहकार्य गर्नुपर्छ।’ उनले भने।
यस्तै, गत साता मात्र मेयर बालेनले २०८१ वैशाख १ गतेदेखि संघीय सरकारले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने बताएको भए पनि त्यो काम नगरेको भन्दै उनले संघीय सरकारलाई बाँदरको संज्ञा दिएका थिए । उनले संघीय सरकारले आफुपनि काम नगर्ने र स्थानिय तहलाई समेत काम गर्न अवरोध खडा गरेको भन्दै बाँदरको संज्ञा दिएका हुन् ।
२०७९ चैतमा सिंहदरबार भित्रका १४ मन्त्रालयका फोहोर नउठाउने निर्णय लिनुपरेको बालेन शाहले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। काठमाडौं महानगरपालिकाको कार्यालयबाट ५०० मिटरको दूरीमा पर्ने सिंहदरबारमा बस्ने सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नुपर्ने शाह भएका कारण त्यहाँको फोहोर नउठाउने बालेन त्यति बेला सामाजिक सञ्जालमा आक्रमक पोष्ट गरे । उनले त्यतिबेला बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीको अहिलेसम्मको निष्कर्षको रुपमा फोहोर नउठाउने निर्णय गरेको भन्दै पोष्ट गरेका थिए। उक्त स्टाट्सपछि उनी विवादमा पनि तानिएका थिए ।
२०८० साल भदौमा महानगरका प्रमुख बालेनले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिदै सामाजिक सञ्वालमा आफनो अभिव्यक्ति पोष्ट गर । उनले ‘‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गदै लेखेका थिए। बालेनको यस स्टाट्सको भने सामाजिक सञ्जाल प्रयोगकर्ता विरोध गरेका थिए। सिंहदरबार जनताको सम्पति भएको भन्दै उनको स्टाट्स विवादमा तानिएको थियो ।
यसैगरी, गत बर्ष बालेनले स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई अल्टिमेटम दिँदै सामाजिक सञ्जालमा स्टाट्स पोष्ट गरे । उनको स्टाट्समा भनिएको थियो। ‘कानुनअनुसार नागरिकले पाउने स्वास्थ्यसम्बन्धी छुट सुविधाहरू उपलब्ध नगराइदिने स्वास्थ्य संस्थालाई सुध्रिन भनिदिनुहोला । यदि तपाईंले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।’ उनले स्टाट्समार्फत चेतावनी दिएका छन् ।
महानगरका प्रमुख शाहले अहिलेसम्म लेखेका स्टाट्समा संघीय सरकारले स्थानीय तहलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको भन्दै आक्रोश पोख्दैै आएका छन्। कतिपय सामान्य कामका लागि स्थानिय तह आफनो फाइल बोकेर संघीय मन्त्रालयको ढोका चाहार्नुपर्ने प्रवृत्ति कायमै रहँदा अहिलेको समस्या देखिएको महानगरका प्रवक्ता नविन मानन्धर बताउँछन्।
उनका अनुसार काठमाडौँ महानगरपालिका भित्रका सबै समस्या समाधानका लागि पहल नगरेको भन्दै महानगरलाई सर्वसाधारणबाट आरोप आउने गरेको छ। यसका लागि संघीय सरकारले स्थानिय तहका समस्यालाई सामान्य रुपमा हेर्दा अहिलेको समस्या देखिएको उनले जानकारी दिए।
यस्तै, तीनै तहका सरकारले गर्नुपर्ने जनताका लागि काम हो। तीनै तहका सरकारले विवादरहित भएर जनताको सेवामा केन्द्रीत हुनुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अश्विन कुमार पोखरेलले बताएका छन्।
सरकार एउटै भएपनि कार्यविभाजन फरक छन्। तीनै तहले सहकार्यमा काम गर्नुपर्ने संघीय कानुन भएको उनले बताए। ‘सबै विषयमा होइन। निर्माण क्षेत्र र विकासका केही विषयमा स्थानिय र संघीय सरकारबीच कहिलेकाँही विवाद देखिन्छ। यो समस्या होइन, कतिपय निर्माण क्षेत्रका काम समयमा सम्पन्न नहुँदा जनताले सास्ति भोग्नुपर्छ।’ उनले भने, ‘निर्माण क्षेत्रमा सास्ति भोगेका जनताले रिस स्थानिय सरकारलाई पोख्छन्। त्यो समस्या स्थानिय तहले प्रदेश र संघीय सरकारमा लिएर पुग्छन्। यसलाई विवाद भन्न मिल्दैन्। अहिलेसम्म सहकार्यमै काम भइरहेको छ।’
स्थानिय तहले हाल भोगिरहेको महत्वपुर्ण समस्यामा केन्द्रीय सरकारले चासो दिएर काम गर्नुपर्ने उनको भनाइ छ।
काठमाडौंँ महानगरको जस्तै अन्य स्थानिय तहका जनप्रतिनिधिले समेत आफनो अधिकार प्रयोग गरेर काम गर्न नपाएको भन्दै संघीय सरकारको विरोध गर्दै आएका छन्। बालेन स्वतन्त्र प्रमुख भएका कारण सबै कुरामा सिधै विरोध गरेर स्टाट्स लेख्छन्। तर अन्य स्थानिय तहका प्रमुख पार्टीका जनप्रतिनिधि भएका कारण बालेनले जस्तो खुलेर संघीय सरकार विरोध गर्न नसक्ने सर्वसाधारण बताउँछन्।



