दरबार हत्याकाण्डको २३ वर्ष: शंकाको घेरामा जहिले राजा ज्ञानेन्द्र

दरबार हत्याकाण्डको २३ वर्ष: शंकाको घेरामा जहिले राजा ज्ञानेन्द्र
  • १९ जेष्ठ २०८१, शनिबार ०५:०१

काठमाडौं – तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो।

mulpatra

राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए।

उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्‍याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन्।

mulpatra mulpatra mulpatra

तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानबिन समितिको तथ्यअनुसार युवराज दीपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ।

जहिले शंका राजा ज्ञानेन्द्रलाई

१९ जेठ २०५८ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा सबैभन्दा धेरै प्रश्न उठाइएका पात्र हुन्, तत्कालीन शाहज्यादा पारस शाह ।

Image Source: © https://mulpatra.com

राजा वीरेन्द्रको वंशनाश हुँदा उनका भाइ ज्ञानेन्द्र राजा बने, पारस युवराज । त्यसैले उनको परिवारले आशंका र आरोप खेप्नुपरेको छ । पूर्वराजा ज्ञानेन्द्रले यसबारे जवाफ दिइसकेका छन् भने पारसले भावुक बनेर कवितासमेत लेखेका थिए ।

२०५८ जेठ १९ गते पनि त्रिभुवन सदनमा शाही परिवार र नातेदारहरूलाई आमन्त्रण गरिएको थियो । बेलुकी ७ः३० बजेका लागि आमन्त्रण गरिएकाले राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराजधिराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, राजपरिवारका अन्य सदस्य एवं शाही नातेदारहरू गरी २४ जनालाई आमन्त्रण गरिएकोमा अधिराजकुमारी प्रेक्षा, कुमार मोहनबहादुर शाही र राजकुमारी विमला सिंहबाहेक सबै उपस्थित थिए ।