एमाले अध्यक्ष ओलीले प्रसाई र शाहमाथि निषेधको राजनीति गर्ने रणनीति बनाउँदै

एमाले अध्यक्ष ओलीले प्रसाई र शाहमाथि निषेधको राजनीति गर्ने रणनीति बनाउँदै
  • २० जेष्ठ २०८१, आईतवार ०७:०६

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘बोलक्कड र गफाडी वा वाचाल’ नेता भित्र पर्छन । उनले राजीतिक मञ्च भेटाएकी एमाले बाहेकका सबै पार्टीलाई काटक्ष हान्छन् ।

mulpatra

एमाले वृत्तभित्र चर्चा छ कि एमाले र ओलीको अबको रणनीति २०८४ को चुनावसम्म देशलाई द्वि–दलीय प्रणालीका फर्काउनका रणनीति बनाइरहेका छन् । उनले आगामी निर्वाचनमा उदय भएर आउन लागेका सम्भावित शक्तिलाई त्योभन्दा अगाडी नै सक्न चाहान्छन् ।

सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहयोगी हुने ठानेरै उनले अहिलेको सरकारलाई सहयोग गरेका छन् । ओली आगामी दिनमा चार रणनीति बनाइरहेका अघि बढ्न लागेको एमालेभित्र चर्चा छ । यसबाट उनले नेपालको राजनीतिमा एमाले बलियो बनाउन लागि परेका छन् ।

mulpatra mulpatra mulpatra

प्रचण्डलाई पाँचदलीय गठबन्धन र नेपाली कांग्रेसको पोल्टाबाट खोस्दा एमालेलाई एक साथ ४ वटा फाइदाको बाटो उनले हेरेका थिए ।

पछिल्लो समयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईको नागारिक बचाउ महाअभियान जनतामा चर्चाको विषय बनेको छ । यसमा महाअभियान रोक्न ओलीले गृह प्रशासनको सहयोग खोज्दैछन् । प्रसाईको महाअभियानमा जनताको सहभागि बढेपछि सबैभन्दा बढी एमालेलाई तनाव भएको छ । भने ओलीको गृहजिल्लामै एमाले कमजोर भएको एमालेको बुझाई छ ।

ओलीले प्रसाई पछाडी सबैभन्दा बढी काठमाडौंका मेयर बालेन्द्र शाहतिर पनि नजर लगाएका छन् । उनले अहिलेको जस्तै अवस्था रहे आगामी निर्वाचनमा प्रसाई र शाह नयाँ शक्तिका रुपमा राजनीतिकमा आउने अनुमान गरेका छन् । ओलीले प्रसाई र बालेनलाई निषेधको राजनीतिक गर्न गृहमन्त्री रवि लामिछानेलाई पटक–पटक आग्रह समेत गर्दै आएका छन् ।

Image Source: © https://mulpatra.com

ओली तत्काल निषेधको राजनीतिक गर्न गृहमन्त्री लामिछानेलाई दबाब दिइरहेको राश्वपाका एक नेताले जानकारी दिए । पहिल्लो समय ओली प्रसाई र शाहमाथि सार्वजनिक कार्यक्रममा समय खर्चिने गरेका छन् ।

ओलीको मुख्य रणनीति

पहिलो : आगामी चुनावसम्म कांग्रेसलाई सरकार बाहिर राख्नु र नयाँ शक्ति उदय हुनबाट रोक्नु ।

दोस्रो : अन्य कम्युनिष्ट समूहलाई निल्नु र एमालेलाई शक्तिशाली बनाउँदै लैजाने हो ।

तेस्रो : रविलाई ‘एक्स्पोज’ गर्ने, विकल्पको खोजी रोक्ने र प्रसाई, शाह र अन्य पहिचानवादी पार्टीलाई राष्ट्र राजनीनिकमा आउन रोक्ने ।

चौथो : २०८४ मा निषेधको राजनीतिक गरेर सत्तामा फर्किन सकेजति सबै बल प्रयोग गर्ने पक्षमा ओली छन् ।

पाँचौ : आगामी निर्वाचनमा राश्वपाभन्दा प्रसाई र शाह ठुलो शक्तिका रुपमा आउने ओलीको बुझाइ छ ।