मोदीको तेस्रो कार्यकाल नेपालमा फर्किएला हिन्दुरान्य

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आजदेखि तेस्रो कार्यकाल सुरु गरेका छन् । मोदीले आजै मात्र तेस्रो कार्यकालको सपथ लिर्दै छन् । उनले विदेश नीतिलाई कसरी हेर्छन् भन्ने कुटनीतिक बहस सुरु भएको छ ।
मोदीले नेपाललाई हिन्दुराज्य स्थापनाका नजरले हेर्ने समेत अनुमान र बहस हुन् थालेको छ । मोदीले भर्खरै १० वर्षे शासनकाल सम्हाल्दा नेपालको राजनीतिक परिवर्तनमा चासो दिएको पाइएन । यस कार्यकालमा भने नेपालको राजनीतिकमा नयाँ शक्तिको समेत उदय भएको छ ।
मोदी यस अघिको कार्यकालमा नेपालमा काठमाडौंका मेयर बालेन्द्र शाह र हिन्दुराष्ट्र स्थापनाको नारा लिएर दुर्गा प्रसाईको उदय भएको छ । उनीहरु अहिलेको राजनीतिकमा देखिएका उदयमान नेतृत्व हो ।
मोदीले भर्खरै १० वर्षे शासनकाल पूरा गरेका थिए । उनी आफूलाई एक यशस्वी, ‘चक्रवर्ती सम्राट’ जस्तो, अत्यधिक लोकप्रिय र प्रभावशाली प्रधानमन्त्री ठान्दथे । मोदी ‘संसारको सबैभन्दा ठूलो लोकतन्त्र’ लाई ‘लोकतन्त्रकै जननी’ सिद्ध गर्न मरिमेटेर लागेका थिए ।
तथ्यांक हेर्ने हो भने मोदीको १० वर्षे शासनकालमा भारतले कतिपय आश्चर्यचकित पार्ने प्रगति गरेको सत्य हो । औसत ६।५ प्रतिशतको आर्थिक वृद्धि र संसारकै पाँचौं ठूलो अर्थतन्त्र भएको सत्य हो । गरिबी न्यूनीकरण र मध्यम वर्गको आकार वृद्धि भएको सत्य हो । रेल मार्गको आधुनिकीकरण, फराकिला सडक, बन्दरगाह र एयरपोर्ट जस्ता ठूला पूर्वाधार विकासमा अभूतपूर्व प्रगति गरेको सत्य हो । प्रशासनिक सेवा सुविधा प्रदायनको सहजीकरण र आम डिजिटलीकरण भएको सत्य हो । चन्द्रयान–३ सफल भएको सत्य हो ।
सन् २०१४ को निर्वाचनपछि पहिलो कार्यकाल सुरु हुँदा उनले ‘नेवर फस्र्ट’ अर्थात् ‘छिमेकी प्रथम’ को नारा दिएका थिए । यद्यपि यो कुनै नयाँ सोच भने थिएन, तर नराम्रो कुरा पनि थिएन । यो प्रधानमन्त्री इन्द्रकुमार गुजरालको पालामै अघि सारिएको– ‘गुजराल डक्ट्रिन’ नयाँ संस्करण थियो ।
कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र देखाउने चुच्चे नक्सा छापिइसकेका पाठ्यपुस्तकको वितरण रोक्ने, प्रधानमन्त्री ओलीले दुई–दुई पटक असंवैधानिक संसद् विघटन गरेको प्रष्ट हुँदाहुँदै पनि महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई तत्कालीन जसपा पार्टी विभाजन गरी ओली सरकार जोगाउन सहयोग गर्न प्रेरित गर्ने जस्ता काम किन जरूरी थियो रु यी प्रश्न पनि अनुत्तरित छन् ।
‘चुच्चे नक्सा प्रकरण’ को जटिलता बुझ्न सकिन्छ । भारतका लागि यसको संवेदनशीलता पनि बुझ्न सकिन्छ । तर, उपरोक्त सन्दर्भमा मोदी शासनकालका नेपाल रणनीतिहरू स्वयं मोदी र भारतकै लागि प्रत्युत्पादक भएको देखिन्छ ।
पछिल्लो समयमा चिनियाँ लगानी भएका परियोजनाबाट उत्पादित बिजुली नकिन्ने र हवाई रुट अनुमति पुनरावलोकन नगर्ने जस्ता स्थिति कायमै छन् । मोदीको तेस्रो कार्यकाल र नेपाल दृष्टिको कुरा गर्दा– यी सन्दर्भ बिर्सन सकिंदैन ।
प्रधानमन्त्री मोदीका लागि यो तेस्रो कार्यकाल मात्र हैन, संभवतः ‘अन्तिम कार्यकाल’ पनि हो । अन्तिम कार्यकाललाई ‘अन्तिम अवसर’ भन्न सकिन्छ ।
शक्ति भन्दा बाहिर सत्यका आफ्नै आयाम, सान्दर्भिकता र उपादेयता हुन्छन् । दुनियाँमा ‘शक्तिको सत्य’ मात्र हुँदैन, ‘सत्यको शक्ति’ झनै बलियो हुन्छ ।
आन्तरिक राजनीति भारतको आफ्नो मामिला हो । त्यसमा हामी धेरै बोल्ने, अर्ति–उपदेश गर्ने अधिकार राख्दैनौं । भारतीय राजनीतिमा हाम्रा बुझाइ, विश्लेषण, मूल्यांकन र आग्रहले कुनै अर्थ राख्दैन ।
जहाँसम्म नेपाल–भारत सम्बन्धको सवाल छ– तेस्रो कार्यकालमा मोदीले आन्तरिक राजनीतिमा जस्तै नेपालसँगको सम्बन्धमा पनि शक्तिको सीमा बुझ्न आवश्यक छ ।
तेस्रो कार्यकालमा मोदीले यो यथार्थ आत्मसात् गर्न सके फेरि धेरै चिज सुध्रिन र सहज हुन सक्दछन् ।
मोदीले नेपाललाई यस कार्यकालमा हिन्दुराज्यका लागि पहल गर्ने समेत अनुमान गरिएको छ । नेपाल भारतसँग जोरी खोजेर जित्न वा टिक्न सक्ने हैसियतको देश हैन, तर झुक्न नसक्ने चरित्रको देश भने अवश्य हो । यो कार्यकालमा नेपालको रावनिितक परिवेश पनि फेरिएको छ ।