शासन र शासक परिर्वतन नफेरिएसम्म नागरिक बचाउ महाअभियान रोकिदैन : प्रसाई
काठमाडौं–राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान बाहिर हल्ला भएजस्तो नरोकिने मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका छन् ।

अहिले आएर संघीयता घाँडो साबित भइसकेको अवस्था छ । खै कसको इच्छामा कसको इशारामा कसरी आयो संघीयता थाहा छैन । अब यस्तो शासन प्रणाली परिर्वतन नगरेसम्म नेपालीले कल्पना गरेको नेपाल बनाउन समस्या भएको प्रसाईले बताए ।
राजाको प्रत्यक्ष शासनकालमा नेपाल कति सक्तिशाली थियो, विश्वसामु नेपालले आफूलाई कति कसरी प्रस्तुत गरेको थियो । त्यो नैतिकता अहिलेका राजनीतिक बेचेर खाएको उनको आरोप छ ।
![]() |
![]() |
![]() |
|---|
उनले पालो पालो गरेर देश लुट्नु र राज्यलाई दिनानुदिन कंगाल बनाउने उद्देश्यले प्रेरित भई ल्याएको कथित संघीयता खारेज गर्नुको विकल्प छैन । हामीले आफ्नो मौलिकता भुलेर विदेशीको हस्तक्षेप र ललकारलाई शिरोपर गरी नेपाली जनताले नचाहेको धर्म निरपेक्षता र संघीयता लाध्यौँ । यो नै अहिले सबैभन्दा बढी घातक भएको उनको टिप्पणी छ ।
नागरिक बचाउ महाअभियान कदापी रोकिदैन । यो भुँईमान्छेको आन्दोलन हो । यस आन्दोलनमा सबै तहका जनताको समस्या जोडिएको प्रसाईले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समयमा महाअभियानका बारेमा अध्ययन र संगठन विस्तारको काम भइरहेको छ । तर केही राजनीतिक दलका नेता, दलाल, तस्करको भाषा बोलेर अभियानलाई कमजोर बनाउने चलखेल भइरहेको उनले बताए । ‘नागरिक बचाउ महाअभियानका कार्यक्रमहरु निरन्तर अगाडि बढिरहेका छन् । आन्दोलनको आफनै लक्ष्य छ । अहिले महाअभियानले आगामी कार्यक्रम कसरी गर्ने भनेर अध्ययन भइरहेको छ ।’ उनले भने ।
Image Source: © https://mulpatra.com
केही षड्यन्त्रकारी तत्वले प्रसाईंले महाअभियान बन्द गरेको भन्दै कुप्रचार गरेका छन् । यसमा सत्यता छैन र उनले सबै नेपालीलाई साथ आफना समर्थकलाई भ्रममा नपर्ने आग्रह गरेका छन् ।
जनता र देश समृद्ध बनाउन अहिलेको महाअभियान अगाडी बढेको छ । जनताको गाँस, बाँस र कपसासँग जोडिएको महाअभियानले एउटा लक्ष्यमा नपुगि नरोकिने प्रसाईको दाबी छ ।
सर्वहारा जनताको झुपडी लिलाम गरेर सुकुम्बासी बनाउने वित्तिय संस्था,बैंक र सहकारीको निर्मम ज्यादती बिरुद्ध निर्णायक आन्दोलन र त्यसबाट प्राप्त मुक्तिबाट मात्र हुन्छ । अहिले यसैको तयारी भइरहेको प्रसाईको भनाइ छ ।



