आईजीपी फेर्ने चलखेलमा गृहमन्त्री, प्रधानमन्त्री बाधक

आईजीपी फेर्ने चलखेलमा गृहमन्त्री, प्रधानमन्त्री बाधक
  • ५ असार २०८१, मंगलवार ०३:२८

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीको महानिरीक्षक फेर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको प्रयास रोकेका छतन् । गृहमन्त्री लामिछाने र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरबीच पछिल्लो समय खटपट हु्ँदा उनीहरुबीचको सम्बन्ध बिग्रिन थालेको छ ।
छ ।

mulpatra

प्रहरी संगठनमा गृहमन्त्री लामिछानेले जताततै हस्तक्षेप बढाएको आईजीपी कुँवरले सार्वजनिक कार्यक्रममै आरोप लगाउँदै आएका छन् ।

विवाद बढेपछि गृहमन्त्रीले आईजीपी फेर्ने प्रयास गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले तत्काल प्रहरी प्रमुख नफेरिने प्रस्ट पारेका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले आफूले केही दिनअघि तीनवटै सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको र उनीहरूलाई ढुक्कले काम गर्न भनेको जानकारी दिए ।

mulpatra mulpatra mulpatra

पछिल्लो पटक भएका सरुवा बढुवाका विषयमा पनि लामिछाने र कुँवरबीच विवाद बाहिर आउने गरेको छ ।

स्रोतका अनुसार आईजी केही पनि होइन भन्ने तरिकाले चल्न थालेपछि लामिछाने र कुँवरबीच टकराव निकै माथि पुगिसकेको थियो । दुई जनाबीच सम्बन्धनमा खटपट हुनुमा पोखराको सूर्यदर्शन सहकारीको पूरक जाहेरी बाहिर आउनुलाई एक कारण मानिएको छ । पोखरा प्रहरीमा परेको पूरक जाहेरी मिडियामा आएपछि गृहमन्त्रीले आफूलाई आईजीले असहयोग गरेको रूपमा लिएका छन्, जसका कारण उनीहरूबीचको सम्बन्ध बिग्रेको बताइन्छ ।
कास्की प्रहरीमा पूरक जाहेरी गत माघमै परेको भए पनि त्यसलाई गोप्य राखिएको थियो । तर, सर्वोच्च अदालतले पूरक जाहेरी मागेपछि बाहिर मिडियामा आएको थियो । उक्त जाहेरी बाहिर आउनुमा कुँवरको हात रहेको गृहमन्त्रीको बुझाइ रहेको बताइन्छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछाने आफू पदमा हुँदा नै यो मुद्दालाई किनारा लगाउन चाहन्छन् । त्यसका लागि सबैभन्दा बढी तगारो कुँवर बनेको उनको ठम्याइ रहेको प्रहरीको अधिकारीको बुझाइ छ । गृहमन्त्री लामिछानेले प्रहरीमा चेन अफ कमान्ड कमजोर पार्ने र संगठन आफ्नो मर्जीले चलाउने गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा चर्चा चलिरहेको छ ।

Image Source: © https://mulpatra.com