Close

Recent Posts

ओलीको गोजीमा एमालेका मन्त्रीको लिष्ट, अर्थमन्त्रीमा पोखरेल र पौडेलको होडबाजी

ओलीको गोजीमा एमालेका मन्त्रीको लिष्ट, अर्थमन्त्रीमा पोखरेल र पौडेलको होडबाजी
  • २९ असार २०८१, शुक्रबार ०६:५४

काठमाडौं–बुधबार बसेको सचिवालय बैठकले नेकपा एमालेबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको छनौट र मापदण्ड तयार गर्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको छ । ओलीले आफनो नेतृत्वको सरकारमा को–को मन्त्री बनाउने भनेर लिष्ट तयार पारिसकेको एमालेकै सासंदहरु बताउँछन् ।

mulpatra

एमालेका एक सासंदका अनुसार ओलीले आफनो मन्त्रीमण्डलमा लैजान १५ जना सासंदको लिष्ट तयार पारेका छन्। तीमध्ये नौ जनालाई उनले मन्त्री बनाउन आफुनिटक सासंदसँग अप्रत्यक्ष परार्मश गरिरहेको ती सासंदले जानकारी दिए ।
एमालेबाट महासचिव शंकर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव गोर्कण विष्ट, छविलाल विश्वकर्म, लाल प्रसाद साँवा लिम्बु(एलपी), सुनिता बराल, कृष्ण गोपाल श्रेष्ठ, महेश बर्तौला, भिम आचार्य, अञ्जान शाक्य, देवेन्द्र दाहाल, पदम गिरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बन्ने लिष्टमा छन्। गिरी र राई यसअघि पनि मन्त्री थिए । उनीहरुमध्ये गिरी ओलीनिटक भएका कारण मन्त्रीमा दोहोरिन सक्ने एमालेकै सासंदहरु बताउँछन् ।

एमाले उच्च स्रोतका अनुसार महासचिव शंकर पोखरेल पनि अर्थमन्त्री बन्ने दौडमा छन्। उनले उपाध्यक्ष पौडेललाई मन्त्री बन्नबाट रोक्ने र आफु अर्थमन्त्री बन्न पार्टीभित्र लविङ गरिरहेको एमालेका एक सासंदले जानकारी दिए । ती सासंदका अनुसार ओलीले आफनो नेतृत्वको सरकारमा विगतमा राम्रो काम गरेका र नजिता राम्रो दिने सम्भावना देखेको सासंद लैजाने बुधबार बसेको सचिवालय बैठकमा जाकारी गराएका थिए । बैंठकमा ओलीले आफनो सरकारमा उपप्रधानमन्त्री नराख्ने संकेत गरेका कारण पनि उहाँले अर्थमन्त्रीमा पोखरेललाई लैजान्छन् भन्ने आशंका एमालेभित्र छ ।
ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नराखेको अवस्थामा बिष्णु पौडेल मन्त्री बन्ने सम्भावना नहुने एमालेका ती सासंदले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

यस्तै, महासचिव पोखरेलले आफु अर्थमन्त्री नभए महेश बर्तौलालाई सिधै अर्थमन्त्री बनाउन ओलीलाई दबाब दिन सक्ने एमाले स्रोतको अनुमान छ । बर्तौला पोखरेलनिकट नेता हुन्। महासचिव पोखरेल निकट बर्तौलाले यस पटक अर्थ नभएपनि अन्य मन्त्रालयमा मौका पाउने सम्भावना छ। मकवानपुरमा एकिकृत समाजवादीका नेता बिरोध खतिवडालाई पराजित गर्दै बर्तौला पहिलो पटक सांसद बनेका हुन् । उनलाई पोखरेलकै दबाबमा गत निर्वाचनमा ओली टिकट दिएका थिए ।

एमालेमा ओलीपछिको नेतृत्वका लागि उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेल दावेदार छन् । जसका कारण दुवै जना सरकारमा जाने खोजिरहेको एमाले स्रोतको दाबी छ। पौडेल पूर्व राष्ट्रपति विद्या भण्डारी पक्षका मानिन्छन भने, पोखरेल ओलीका विश्वास पात्र हुन् । त्यही भएर ओलीले यसपटक पौडेलभन्दा पोखरेललाई अर्थमन्त्री बनाउन सक्ने ओलीनिकट सासंदको बुझाइ छ । यस विषयमा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग आन्तरिक छलफल गरेका छन्। तर उनीहरुबीच भएको संवाद गोप्य नै राखिएको छ ।

साथै ओलीले झापाबाट प्रत्यक्ष निर्वाचित सांसद लिम्बु, समानुपातिक बराल र राष्ट्रसभा सदस्य दाहालमध्ये एक जनालाई मन्त्री बनाउने पक्षमा छन्। झापाबाट लिम्बु, दाहाल र बरालमध्ये एक जना मन्त्री हुनेछन्। तीनै जना ओलीनिटक हुन् । लिम्बु म्यानपावर व्यवसायी हुन् भने, दाहाल २० बर्षयता ओलीको साथमा छन् । अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिकमा आएकी बराल ओलीनिकट युवा नेता हुन्। पोखेरल सासंद छैन। तर सविधांनका ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ ।

Image Source: © https://mulpatra.com

ओलीले अञ्जान शाक्यलाई राज्य मन्त्री बनाउन एमालेका सासंदहरुको अनुमान छ। शाक्य नाताले ओलीकी साली हुन् । ओलीनिटक नेता कृष्ण गोपाल श्रेष्ठ पनि मन्त्रीका दाबेदार हुन् ।

यसैगरी एमाले सचिव गोर्कण विष्ट उर्जा र श्रम मन्त्री भएका बेला राम्रो काम गरेका कारण उनी यसपटक ओलीको मन्त्रीमण्डमा पर्ने सम्भावना उच्च रहेको एमालेकै सासंद बताउँछन् । विष्टसँगै भीम आचार्यलाई पनि ओलीले मन्त्री बनाउन सक्ने एमालेभित्र चर्चा छ ।
उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङलाई पनि मन्त्री बनाउनुपर्ने ओलीलाई बाध्यता रहेको एमाले स्रोतको भनाइ छ । गुरुङ पुर्वराष्ट्रपति भण्डारीनिटक नेता भएका कारण उनलाई भण्डारीकै कोटाबाट मन्त्री बनाउनुपर्ने ओलीलाई बाध्यता हुने ओली नजिककै एक नेताले जानकारी दिए । साथै छविलाल विश्वकर्म र हरि उप्रेती समेत ओलीको मन्त्रीमण्डलमा पर्ने सम्भावना रहेको एमालेका सासंदहरुको भनाइ छ । ओलीनिटक एक सासंदका अनुसार अध्यक्ष ज्यूले चाहे केही नयाँ अनुहारलाई मन्त्री बनाउन सक्नुहुन्छ । कांग्रेसबाट कस्ता सासंद मन्त्री बन्छन् त्यसपछि ओलीले एमालेबाट मन्त्री छान्ने उनको भनाइ छ ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार कांग्रेस –एमालेबीच भएको सहमतिका आधारमा पहिलो चरणमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दै हुनुहुन्छ । एमालेले सरकारमा सहभागि हुन् मापदण्ड तयार पारेको छ । त्यसकै आधारमा मन्त्री छनोट गरिने र मन्त्री कसलाई बनाउने भन्ने जिम्मा पार्टी अध्यक्षकै भएको उनले बताए । ‘अहिले को–को मन्त्री बन्दै हुनुहुन्छ। त्यस विषयमा छलफल भइरहेको छ । भोली प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेपछि सबै कुरा प्रष्ट हुन्छ’ उनले भने।

तपाई पनि मन्त्री बन्ने लिष्टमा हुनुहुन्छ भन्ने प्रश्नमा उनले ‘यो त पार्टीको कुरा हो । अहिले यस विषयमा बोल्न उचित नहोला’ भन्ने जवाफ दिए । कांग्रेस–एमालेको नयाँ समिकरणमा एमालेको भागमा नौ वटा मन्त्रालय परेको छ । साना पार्टीसँग गठबन्धन भए एमालेको भाग परेको मन्त्रालय घट्न सक्ने छ ।