Close

Recent Posts

खाडी र मलेसियाले नै धानेको वैदेशिक रोजगारी, युरोप योजनामै सिमिति

खाडी र मलेसियाले नै धानेको वैदेशिक रोजगारी, युरोप योजनामै सिमिति
  • ६ श्रावण २०८१, आईतवार १०:४१

काठमाडौँ– गत आर्थिक वर्ष २०८०÷८१ मा सबैभन्दा बढी नेपाली खाडीका देश र मलेसिया वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार यस वर्षपनि ९३ प्रतिशत नेपाली वैदेशिक रोजगारीमा खाडीका देश मलेसिया गएका छन् ।
गत आर्थिक वर्षमा ७ लाख ४१ हजार २ सय ९७ नेपाली वैदेशिक रोजगारीमा १ सय ४९ देश पुगेका छन् । जसमध्ये ६ लाख ६१ हजार १ सय २५ पुरुष र महिलाको संख्या ८० हजार १ सय ७२ रहेको छ। गत वर्ष म्यानपावर कम्पनीमार्फत ३ लाख ५३ हजार १ सय ६३ र व्यक्तिगत ३ लाख ८८ हजार १ सय ३४ जना वैदेशिक रोजगारमा गएको विभागको तथ्यांकमा छ ।

विगतका वर्षहरुमा जस्तै गत वर्षपनि नेपाली कामदारको रोजगारगन्तव्य खाडीका देश र मलेसिया नै वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए । उनका अनुुुसार गत आर्थिक बर्षमा अधिकांश कामदार खाडीका देश मलेसिया गएका छन्। यस करिब ९३ प्रतिशत कामदार खाडीका देश र मलेसिया रोजगारीका गएको उनको भनाइ छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी नेपाली रोजगारीका लागि यूएई गएका छन्। यस वर्ष यूएई १ लाख १० हजार १ सय ७३ नेपाली रोजगारीका लागि गएको विभागको तथ्यांकमा छ। यूएईपछि मलेसिया धेरै कामदार रोजगारीका लागि पुगेका छन् । गत वर्ष मलेसिया ८१ हजार १ सय ८१ जनाको श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकमा छ ।

यस्तै, तेस्रोमा नेपाली कामदारको रोजगारीमा साउदी अरेबिया परेको विभागको तथ्यांकमा छ । गत बर्ष साउदी ७२ हजार ८ सय ६४ जना गएका छन्। नेपाली कामदारको चौथो रोजगारीमा कतार परेको छ । गत आर्थिक वर्षमा कतार ३४ हजार १ सय ६८ जना, कुवेतमा २७ हजार ४ सय ८० जना, बहराइनमा ४ हजार ८ सय ४ जना, जोर्डनमा १ हजार ९ सय ७१ जना र ओमनमा १ हजार ९ सय १६ जना रोजगारीका लागि गएको विभागले जनाएको छ ।

यसैगरी, खाडीेका देश र मलेसिया बाहेक साइप्रसमा ५ हजार ८ सय ९५ जना, मौरिसस ४ हजार ९ सय ७५ जना,रोमानियामा ४ हजार २ सय ३६ जना, जापानमा १ हजार २ सय १ जना, माल्टामा १ सय ५ जना, रसियामा २ सय ३० जना, अल्बानियामा ३३ जना, बु्रनाई १ सय ४३ जना, क्रोएसियामा ९ सय ८ जना, हङकङमा ८१ जना, मकाउमा ४ सय ५३ जना, माल्दिभ्समा ७८ जना, सर्भियामा २५ जना, २ हजार ३ सय ६५ जना, टर्कीमा २ सय २४ जना, स्लोभाकियामा ३ सय ८९, सोल्भेनियामा ३ सय ३२ जना र उज्वेकिस्तान १ सय १९ जना संस्थागत र व्यक्ति श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ ।
साथै, अमेरिकामा ३ सय ९९ जना, सिंगापुरमा २ सय ७ जना, पोर्चुगलमा ६ सय २२ जना, पोल्याण्डमा १ हजार ६ सय ४९ जना, न्यूजिल्याण्डमा ४ सय ७० जना, नर्वेमा ४६ जना मंगोलियामा १ सय ४६ जना, अफगानिस्तानमा २८ जना, अस्ट्रेलियामा ३ सय ७५, अष्ट्रियामा ७ सय १२, अजरबैजानमा २ सय ७ जना र बेलारुसमा १ सय ८३ जना रोजगारीका लागि गएको विभागले जनाएको छ ।
यसैगरी युद्धग्रस्त देश रसिया गत वर्ष व्यक्तिगत भिसामा चार सय २७ जना रोजगारीमा गएको विभागको तथ्यांकमा छ। रुसी सेनामा गएको नेपालीको मृत्यु भएपछि सरकारले गत कात्र्तिकदेखि रुसको श्रम स्वीकृति बन्द गरेको छ ।

गत आर्थिक वर्षमा पनि युरोपको रोजगारीमा २५ हजारभन्दा बढी कामदार जान नसकेको विभागका तथ्यांकमा छ । सरकारले समस्या सिर्जना गर्दा गत वर्ष वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । चार–चार महिनामा सरकार परिवर्तन हुँदा त्यसको असर वैदेशिक रोजगारीमा क्षेत्रमा परेको उनको आरोप छ । ‘युरोपका देशमा कामदार पठाउन समस्या छ। मागपत्र प्रमाणिकरण गर्न समस्या हुँदा त्यहाँबाट आउने डिमाण्ड बर्षेनी व्यवसायीले गुमाउँछन् ।’ उनले भने ।
गत आर्थिक बर्षमा खाडीका देश र मलेसियामा पनि मागपत्र प्रमणिकरणमा समस्या हुँदा कामदारको माग घटेको उनी बताउँछन् ।
आर्थिक वर्ष २०७९÷०८० मा ७ लाख ७१ हजार ३ सय २७ जना गएका थिए। गत आर्थिक वर्ष वैदेशिक रोजगारमा जानेको संख्या अघिल्लो आर्थिक वर्षभन्दा ३० हजार ३० जना थोरै विदेशीएको विभागका तथ्यांकमा छ। विभागका अनुसार मागपत्र प्रमाणिकरण गरेका अथवा भिसा लागेर जान प्रतिक्षामा रहेका कामदार संख्या ५० हजारभन्दा बढी छ । उनीहरुको गत बर्षमा श्रम स्वीकृति जारी भएपनि टिकट र अन्य समस्याका कारण चालु आर्थिक बर्षको साउनमा मात्र उडान हुने विभागकले जनाएको छ ।