एक वर्षमा करिब १६ खर्ब बराबरको आयात

एक वर्षमा करिब १६ खर्ब बराबरको आयात
  • ७ श्रावण २०८१, सोमबार १०:१६

काठमाडौं– एक वर्षमा नेपालले झन्डै १६ खर्ब बराबरको आयात गरेको छ । भन्सार विभागले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि असारमसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

mulpatra

गत आव भर नेपालले कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको आयात गरेको छ । तर, यो आयात अघिल्लो आवको तुलनामा भने १.१६ प्रतिशत कमी हो । अघिल्लो आवमा पनि कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

आयात र निर्यातमा अझै सुधार आउन सकिरहेको छैन । आयातसँगै निर्यात पनि घटेको देखिन्छ । अघिल्लो आवको तुलनामा निर्यात ३.०३ प्रतिशत घटेको छ । अघिल्लो आवमा कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, गत आवमा भने घटेर १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ कायम भएको छ ।

mulpatra mulpatra mulpatra

गत वर्ष नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । तर, आयातको तुलनामा निर्यात ज्यादै कम हुँदा व्यापार घाटा पनि साढे १४ खर्ब कायम भएको छ। विभागका अनुसार गत वर्ष नेपालले कुल १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।