Close

Recent Posts

म्यानपावरको संख्या घटाउन श्रम मन्त्रालय असफल, ९१ थपिए

म्यानपावरको संख्या घटाउन श्रम मन्त्रालय असफल, ९१ थपिए
  • ११ श्रावण २०८१, शुक्रबार ०४:२९

काठमाडौँ– वैदेशिक रोजगार विभागमा चालु आर्थिक बर्षको ११ महिनामा ६१ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएका छन्। विभागका अनुसार नयाँसहित वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीको संख्या एक हजार नाघेको छ ।

mulpatra

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ सालयता म्यानपावर कम्पनीको संख्या ४ देखि ५ सयको बीचमा राख्ने लक्ष्य लिएको थियो । तर सरकार परिवर्तन भएपच्छिे फेरिएका नियमले म्यानपावरको संख्या घटाउन श्रम मन्त्रालय असफल देखियो। श्रम मन्त्रालयले म्यानपावरको संख्या घटाउन प्रयास गरेपनि चालु आर्थिक बर्षमा करिब ९१ नयाँ म्यानपावर कम्पनी थपिएको विभागको तथ्यांकमा छ ।

हाल ९ सय ८० वटा म्यानपावर कम्पनी वैदेशिक रोजगारीमा कामदार पठाउन सक्रिय रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए। उनकाअनुसार चालु आर्थिक बर्षको ११ महिनामा ६१ वटा म्यानपावर कम्पनी दर्ता भएका छन्। ३० वटाभन्दा बढी म्यानपावर कम्पनी दर्ताको प्रक्रियामा रहेको महानिर्देशक घिमिरेले बताए । ‘वैदेशिक रोजगार ऐन २०७५ अनुसार प्रक्रिया पुरा गरी दर्ताका लागि आवेदन दिएका म्यानपावरले सञ्चालन अनुमति पाउँछन्। हाल एक हजारभन्दा बढी म्यानपावरको संख्या पुगेको छ। यस आर्थिक बर्षभित्र ९१ म्यानपावरले सञ्चालन अनुमति पाउँछन्।’ उनले भने।
चालु आर्थिक बर्षमा दर्ता भएका म्यानपावर कम्पनीले वार्षिक तीन हजारसम्म कामदार पठाउने योजनाका साथ ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैंक ग्यारेन्टी राखेको विभागले जनाएको छ। विभागका अनुसार जेठ मसान्तसम्म दर्ता भएका नयाँ म्यानपावर कम्पनीले आगामी आर्थिक बर्षभित्र अनिवार्य तीन हजार कामदार वैदेशिक रोजगारीमा पठाउनुपर्ने छ।

mulpatra mulpatra mulpatra

वार्षिक तीन हजार कामदार वैदेशिक रोजगारीमा पठाउने म्यानपावरले ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैंक ग्यारेन्टी, पाँच हजार कामदार पठाउने म्यानपावरले एक करोड नगद धरौटी र तीन करोड रुपैयाँको बैंक ग्यारेन्टी राख्नुपर्ने वैदेशिक रोजगार ऐनमा उल्लेख छ।

साथै, वार्षिक पाँच हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउने म्यानपावरले दुई करोड नगद धरौटी तथा चार करोड रुपैयाँको बैंक ग्यारेन्टी राख्नुपर्ने ऐनमा व्यवस्था छ।

म्यानपावरको संख्या घटाउन श्रम मन्त्रालय असफल

Image Source: © https://mulpatra.com

६ बर्षयता वैदेशिक रोजगारीका नाममा ठगि बढेपछि श्रम मन्त्रालयले म्यानपावर कम्पनीको संख्या घटाउन लागि परेको छ। तर म्यानपावरको नयाँ दर्ता प्रक्रिया रोक्न सकेको छैन। २०७५ सालमा वैदेशिक रोजगार ऐन संशोधन गरेर म्यानपावर कम्पनी धरौटी बढापछि चार बर्षयता नयाँ म्यानपावर दर्ता नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्द रिजाल बताउँछन्।

उनकाअनुसार वैदेशिक रोजगारीका नाममा म्यानपावर कम्पनी र उनीहरुकै एजेन्टले ठगि गर्ने क्रम वार्षिक रुपमा बढ्दै गएपछि म्यानपावरको संख्यालाई व्यवस्थित गर्नुपर्ने र यसको संख्या घटाउनुपर्ने विषयमा छलफल भइरहेको रिजालले बताए। ‘संख्यासँगै वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्छ। यस क्षेत्रमा सबैभन्दा ठुलो समस्या भनेको ठगि नै हो।’ उनले भने, ‘संख्या घटाएपनि ठगि रोक्न सकिएन भने समस्या उस्तै हुन्छ। त्यही भएर म्यानपावरको संख्या घटाएर ठगि नियन्त्रण गर्नुपर्छ भन्ने श्रम मन्त्रालयको मान्यता हो।’

श्रम मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरेर वार्षिक १ सय जनाभन्दा कम कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावरको इजाजतपत्र रद्द गर्ने व्यवस्था गरेको थियो। तर गत आर्थिक बर्षमा सयभन्दा थोरै कामदार वैदेशिक रोजगारीमा पठाउने नसक्ने ४ सयभन्दा बढी म्यानपावर कम्पनीलाई श्रम मन्त्रालयले खारेजको प्रक्रिया मै लगेन। ती म्यानपावरलाई तत्कालिन श्रममन्त्री शरद्सिंह भण्डारीले श्रममन्त्रीस्तरीय निर्णय गराए उन्मूत्ति दिए। त्यतिबेला म्यानपावरको संख्या घटाउने श्रम मन्त्रालय चुकेको र आर्थिक चलखेलका कारण चार सयभन्दा बढी म्यानपावरलाई जोगिएको श्रममन्त्री भण्डारीमाथि आरोप लागेको थियो।

विभागमा दर्ता भएकामध्ये ५ सयभन्दा बढी म्यानपावरले चालु आर्थिक बर्षको ११ महिनामा ३ सयदेखि ४ हजार कामदार वैदेशिक रोजगारी पठाएका छन्। चार सयभन्दा बढी म्यानवारले सय जना पनि कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेको विभागको तथ्यांकमा छ।

म्यानपावरको संख्या बढाएर र घटाएर मात्र हुँदैन्। विगतदेखि चल्दै आएको अनियमिताको अन्त्य गर्न सरकारले अनुगमनलाई चुस्त बनाउनुपर्ने वैदेशिक रोजगार व्यवसाय संघका पुर्व उपाध्यक्ष कुमद खनाल बताउँछन्। उनका अनुसार रोजगारीका नाममा भइरहेको ठगि नियन्त्रण गर्न राज्य सक्रिय हुनुपर्ने हो। म्यानपावरको संख्या दुई हजार पुगेपनि केही हुँदैन्। तर म्यानपावरको जति संख्या भएपनि सरकारले व्यवस्थित गर्न सक्नुपर्ने उनको भनाइ छ।

चालु आर्थिक बर्षको ११ महिनामा म्यानपावर कम्पनीमार्फत ३ हजार ४ सय कामदार वैदेशिक रोजगारीको क्रममा ठगिएको उजुरी परेको विभागले जनाएको छ। विभागका अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म ८० करोडभन्दा बढी विगो दाबीसहित ठगिको उजुरी परेको छ। ठगिएका रोजगारपीडित कामदारले दिएको उजुरीका आधारमा उनीहरुलाई विगो भराउँदै आएको विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए।

विभागले चालु आर्थिक बर्षको जेठ मसान्तसम्म ४३ वटा म्यानपावर कम्पनी खारेजी गरेको छ। भने, २० वटा भन्दा बढी म्यानपावर कम्पनी खारेजीको प्रक्रियामा रहेको र ती म्यानपावरमाथि अनुसन्धान भइरहेको विभागले जनाएको छ। विभागले ठगि गरेको उजुरी परेका ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कालोसूचिमा राखेर अनुसन्धान गरिरहेको छ।