भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार

काठमाडौं सरकारले भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूको उद्धार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपालीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरेको जानकारी गराएका छन् ।
सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली सक्रिय रहेको उनले बताएका छन् । ‘मानव वेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद!’