बैंकहरुको सम्पत्ति व्यवस्थापन गर्न कम्पनी खोलेर अर्को लुट मच्चाउन धन्दा :प्रसाई
काठमाडौं– राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको निस्किृय सम्पत्ति र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने नीति लिएको छ । नीतिमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि सम्पत्ति व्यवस्थापन कम्पनी ऐनको मस्यौदा तर्जुमा गर्ने भएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गर्ने बताएका हुन् । तर यसको टिकाटिप्पणी सुरु भएको छ । कतिपय व्यवसायी यसलाई तस्करी र केही मारवाडीहरुका लागि ल्याइएको नयाँ नीति भएको आरोप लगाएका छन् । बैंकबाट व्यवसायी सञ्चालन गर्न कर्जा लिएका ऋणीको सम्पति खोसेर बैंक तथा वित्तीय संस्थाको निस्किृय सम्पत्ति र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न खोजिएको हो । यसमा केही स्वार्थ समुह पनि प्रवेश गरेको राष्ट्र बैंककै उच्च अधिकारीहरु बताउँछन् ।
सम्पत्ति व्यवस्थापन गर्नुपर्ने विषयमा विगत लामो समयदेखि विषय उठ्दै आइरहेको थियो । तर यसरी केही स्वार्थ समुहका लागि ल्याउने भनेर छलफल नभएको मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले औंल्याएका छन् । उनले राष्ट्र बैंकले बैङ्कहरूको गैह्र बैकिङ सम्पत्ति व्यवस्था गर्ने लक्ष्यसहित कम्पनी नै खडा गर्ने नीति लिएको हो । तर यसको उद्देश्य फरक भएको उनले औंल्याए । प्रसाईले बैंकमा धितो राखेका ऋणी र कर्जा लिएका सर्वसाधारण, व्यवसायीहरुको सम्पति जफत गर्ने उद्देश्यले यो नीति ल्याएको आरोप लगाएका छन् ।
![]() |
![]() |
![]() |
|---|
प्रसाईकै भनाइलाई आधार मान्ने हो भने । कसैले १० करोड सम्पति राखेर धितो कर्जा लिएको छ । त्यो सम्पति २–ं३ करोडमा जफत गरी गैह्र बैकिङ सम्पत्ति व्यवस्था भन्दै व्यवस्थापन गरिन्छ । ऋणीबाट जफत गरिएको १० करोडको सम्पति ३ करोडमा लिएर व्यवस्थापन गर्ने भन्दै लुट मच्चाउन खोजिएको उनको आरोप छ । ‘यसरी कर्जा लिएको पैसा जफत गरेर देशमा केही समुहले लट मच्चाउन खाजेको देखियो । यो गलत प्रवृत्ति हो । यस विषयमा सबै जनता सचेत हुनुपर्छ ।’ उनले भने ।
प्रसाईका अनुसार प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आर्थिक सल्लाहकार युवराज खतिवडा र अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको निस्किृय सम्पत्ति र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने नाममा लुटेर खाने माध्यम बनाएका हुन् । यसले देशको अर्थतन्त्र धराप र फेरी कर्जा लिएको व्यक्तिमाथि ठुलो समस्या सिर्जना हुने प्रसाईको दाबी छ । प्रसाईका अनुसार नेपालमा तस्करी र केही मारवाडीको सल्लाहमा प्रधानमन्त्री ओलीले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको निस्किृय सम्पत्ति र गैरबैंकिङ सम्पत्ति व्यवस्थापनको नीति लिएको हो । यसमा उनका अर्थ सल्लाहकार खतिवडाको पनि महत्वपुर्ण भुमिका रहेको पाइएको छ ।
प्रसाईको भनाइ
Image Source: © https://mulpatra.com

x



