प्रसाईको पहलमा यूएईबाट एक करोड १० लाख ब्लडमनी तिरेर धादिङका थापा र श्रेष्ठलाई स्वदेश ल्याइयो

काठमाडौं– युएईमा मृत्यदण्डको सजाय सुनुवाई भएका धादिङका पहलमान थापामगर र भुवन श्रेष्ठलाई मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको पहलमा उद्धार गरी स्वदेश ल्याइएको छ । थापामगरलाई यूएईको अदालतले ५० लाख र श्रेष्ठलाई पनि ५० लाख ब्लडमनीको क्षतिपूर्ति सुनुवाई गरेको थियो । उनीहरुलाई मान्छे मारेको अभियोगमा यूएईको अदालतले ब्लडमनिको जरिवाना घोषणा गरेको हो ।
एउटै कोटामा बसेको साथीलाई मारेको अभियोगमा श्रेष्ठ र थापालाई यूएई प्रहरीले नियन्त्रणमा लिएर ज्यान मारेको आरोपमा मुद्धा चलाएको थियो । उनीहरु दुवै जना निर्दोष भएको बताउँदै आएका छन् ।
उनीहरु दुवै जनालाई प्रसाईले आफनो महाअभियानमार्फत ब्लडमनी संकलन गरि स्वदेश ल्याएका छन् । उनीहरु दुवै जनाका लागि एक करोड १० लाख ब्लडमनी संकलन गरि उद्धार गर्नुपरेको प्रसाईले जानकारी दिए ।
यूएईमा थापा र श्रेष्ठजस्तै सात सयभन्दा बढी निर्दोष नेपाली फाँसीको सजाय सुनुवाई भएका छन् । उनीहरुको उद्धारका लागि आफुलै नै पहल गरिरहेको प्रसाईले बताए । ‘सरकार निकामे भएपछि आफनो महाअभियानमार्फत समस्यामा परेका नेपालीको उद्धार गर्नुपरेको छ । आफुले गरेको राम्रो काम सरकारले देख्न नसकेको छैन । त्यही भएर अहिले मविरुद्ध सरकार नै लागेको छ ।’ उनले भने । देश र जनताका लागि सकेजति काम गर्ने र जनताका समस्यामा आफनो महाअभियान जहिले लाग्ने उनको भनाइ छ ।