Close

Recent Posts

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

यूएईमा रक्सी खाएर हल्ला गर्ने नेपाली बढे, सचेत हुन दुतावासको आग्रह

यूएईमा रक्सी खाएर हल्ला गर्ने नेपाली बढे, सचेत हुन दुतावासको आग्रह
  • २४ श्रावण २०८१, बिहीबार ०४:४८

काठमाडौं– वैदेशिक रोजगारी तथा व्यवसायका लागि मध्यपूर्वका देश निकै आकर्षक मानिन्छन् । मध्यपूर्वका देशहरूको युरोप भनेर चिनिन्छ संयुक्त अरब इमिरेट्स (यूएई) । सुविधा सम्पन्न देशमा अवसरसँगै विकृति पनि भित्रिन्छ भन्ने कुरा दुबईमा प्रमाणित भएको छ ।

mulpatra

दुबईमा रहेर रोजगारी र व्यवसाय गर्ने नेपालीहरूमध्ये अधिकांशले मदिरा पिएर झै–झगडा गर्ने प्रवृत्ति बढेको भन्दै स्थानीय प्रहरी प्रशासनले अबुधाबीमा रहेको नेपाली नियोगलाई जानकारी दिएसँगै यूएईमा रहेका नेपालीले मादक पदार्थ (रक्सी) बढी पिउने गरेको खबर बाहिरिएको हो । मदिरामा लट्ठ नेपालीले दुबईको स्थानीय कानूनको उल्लंघन गर्ने र कानूनी कारबाहीमा पर्नेको संख्या अत्यधिक बढेपछि अबुधाबीस्थित नेपाली दूतावासले सार्वजनिक सूचना नै जारी गरेको छ ।

दूतावासले मंगलबार जारी गरेको सूचनामा दुबईमा रहेका नेपाली आफैंमा सद्भावना राजदूत रहेको हुँदा मदिरा पिएर हो–हल्ला नगर्न र कार्यस्थलमा समेत सभ्य व्यवहार गर्न आग्रह गरेको छ । जारी सूचनामा दूतावास बाहिर पनि मदिरा सेवन गरी हुल हुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई अपशब्द प्रयोग गरी गाली गर्नेलाई स्थानीय कानूनअनुसार पक्राउ गरी कारबाही भएको हुँदा सचेत रहन आग्रह गरिएको छ । सूचनामा यूएईको स्थानीय ऐन कानून, नीति नियम र मूल्य मान्यताको पूर्ण पालना गर्दै सोहीअनुसारको व्यवहार गर्न दूतावासले आग्रह गरेको छ ।

mulpatra mulpatra mulpatra

यूएईमा कार्यरत एक नेपालीका अनुसार करिब ५ लाख नेपाली कामदार भिसामा रहेका छन् । उनले एक लाख नेपाली अवैधानिक र एक लाखभन्दा बढी नेपालीहरू भिजिट भिसामा रहेको आंकलन गर्दै चरम बेरोजगारी र सुपथ मूल्यमा सजिलै जहाँ पनि रक्सी किन्न र पिउन सकिने हुँदा विकृति बढेको बताए ।