बंगलादेशमा जस्तै प्रसाईले आन्दोलनको नेतृत्व गर्छन की भन्ने त्रासमा ओली सरकार

बंगलादेशमा जस्तै प्रसाईले आन्दोलनको नेतृत्व गर्छन की भन्ने त्रासमा ओली सरकार
  • २५ श्रावण २०८१, शुक्रबार १०:५५

काठमाडौं–दक्षिण एशियाली देश बंगलादेश एक महिनाभन्दा बढीको विद्यार्थी आन्दोलनका कारण त्यहाँको सत्ता परिवर्तन भयो । बंगलादेशको सत्ताको निरन्तर १५ वर्षको नेतृत्वबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अन्ततः बहिर्गमन र देशै छोडेर भाग्नु परेको छ । नेपालमा यस्तै अवस्था आउने आवाज सामाजिक सञ्चालनमा उठेको छ ।

mulpatra

१७ करोड जनसंख्या रहेको यस देशको नयाँ भू–राजनीतिक मोडले छिमेकी देश नेपालमा तरङ्ग फैलिएको छ । सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समेत नेपालमा पनि बंगलादेशमा जस्तै आन्दोलन हुन्छ की भन्ने त्रासमा छन् । उनी अहिले गोप्य रुपमा यस विषयमा लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

ओलीलाई अहिले सबैभन्दा ठुलो त्रास मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईसँग छ । ओलीले गोप्य रुपमा प्रसाईले आन्दोलनको तयारी गदैछन् कि भनेर प्रहरी खटाएको स्रोतले जानकारी दियो ।

mulpatra mulpatra mulpatra

ओलीले प्रसाईका गतिविधि निगरानी गर्न समेत प्रहरी र सिभिलमा प्रहरी परिचालन गरेको पाइएको छ ।
प्रसाईले पनि बंगलादेशमा जस्तै आन्दोलनको नेतृत्व गर्ने हुन की भन्ने त्रासमा ओलीसहित सरकारमा सहभागि कांग्रेस र अन्य पार्टीलाई पनि छ । गृहमन्त्री रमेश लेखकले पनि तत्काल प्रसाईलाई केही नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रसाईले आन्दोलनको तयारी गदैछन् कि भनेर प्रहरीलाई सचेत हुन् समेत गृह मन्त्रीले निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ । नेपालमा आन्दोलन कसैले सुरु गरे त्यसको परिमाण बंगलादेशको जस्तो आउने प्रहरीहरु नै बताउन थालेका छन् ।

बंगलादेश आन्दोलन सफलतामा पुग्नेवित्तिकै सामाजिक सञ्जालमा नेपालमा पनि यस्तै आन्दोलन हुन्छ भनेर आवाज उठाइयो । जसका कारण सरकारमा सहभागी राजनीतिक दलले देशभर प्रहरी परिचालन गरियो ।

प्रसाईले बंगलादेशबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेपछि नेपालमा पनि त्यस्तै दिन आउने विभिन्न मिडियामा अन्तरर्वार्ता दिए । त्यसपछि प्रसाईमाथि सरकारले निगरानी बढाएको थियो । प्रसाईले भने नेपालमा पनि बंगालदेशको बाछिटा आउने बताउँदै आएका छन् । उनले नेपाललाई नयाँ युगमा लैजान आन्दोलन र परिवर्तनको खाँचो रहेको बताएका छन् । राजनीतिक दलले जनतालाई दास बनाएर विकासका नाममा भ्रष्टाचार मात्र गरेको प्रसाईको दाबी छ ।

Image Source: © https://mulpatra.com

बंगलादेशको सत्ताको निरन्तर १५ वर्षको नेतृत्वबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अन्ततः बहिर्गमन र देशै छोडेर भाग्नु परेको छ । नेपालमा पनि त्यस्तै परिस्थिति आउँछ कि भन्ने आशंकाको घेरामा सरकारमा सहभागि र अन्य राजनीतिक दल छन् ।

बंगलादेशी सेनाले गत सोमबारबाट सत्ता नियन्त्रणमा लिएपछि बंगलादेशका चर्चित नोबल पुरस्कार विजेता अर्थशास्त्री डा. मोहम्मद युनुसले तीनै बंगलादेशी सेनाको साथ र समर्थनमा ८ अगष्टबाट अन्तरिम सरकारको नेतृत्व गरेका छन् । नेपालमा पनि यस्तै अवस्था आए के गर्ने भन्ने भयमा राजनीतिक दल छन् । उनीहरु यस विषयमा गोप्य छलफलमा जुटेका छन् ।