Close

Recent Posts

नाम म्यानपावर उच्च रकम लिएर कामदार पठाउने कन्सल्ट्यान्सी

नाम म्यानपावर उच्च रकम लिएर कामदार पठाउने कन्सल्ट्यान्सी
  • २८ श्रावण २०८१, सोमबार ०४:५१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको ठगीले राष्ट्रिय पहिचान बदल्ने खतरा देखिएको टिप्पणी गरेका छन् । गत वर्षमात्रै वैदेशिक रोजगार ठगीका ३ हजार ३ उजुरी दर्ता भएको भन्दै मन्त्री भण्डारीले ठगीमा सबै पक्ष उत्तिकै सहभागी रहेको जिकिर गरे ।

mulpatra

मन्त्री भण्डारीले कन्सल्ट्यान्सीदेखि वार्षिक सय जना कामदार पठाउन नसकेका केही म्यानपावर कम्पनीले पनि व्यक्तिगतरुपमा कामदार पठाएको सूचना आफूसँग रहेको बताए । उनले भने, ‘म्यानपावर देखाउने कन्सल्ट्यान्सीबाट पठाउने गरिएको छ । यो क्षेत्रमा सुधार जरुरी छ । एक अर्कालाई दोषारोपण गरेर हुँदैन । सुधार कहाँसम्मको हो ? सबै पक्ष एकै ठाउँमा आउन जरुरी छ । अनिमात्र समस्याको समाधान पहिल्याउन सकिन्छ ।’

मन्त्री भण्डारीले १५ दिनभित्र विदेशस्थित नेपाली नियोगहरुले मागपत्र प्रमाणीकरण नगरे के गर्ने ? भन्ने प्रश्नको समाधानका लागि मागपत्र प्रमाणीकरणको अधिकार श्रम मन्त्रालय मातहत ल्याउन आफूले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको, तर आफूले गरेको प्रयास यसअघिका मन्त्रीले फिर्ता गरेर मागपत्र प्रमाणीकरणको समस्या यथावत राखेकाले सोचेअनुसार समस्या समाधान हुन नसकेको जिकिर गरे ।

mulpatra mulpatra mulpatra

मन्त्री भण्डारीले सरकारले इजरायलमा कामदार पठाउन रोकेको अवस्थामा पनि ठूलै संख्यामा नेपाली इजरायल पुगेको विषय गम्भीर रहेको उल्लेख गर्दै ठगी न्यून गर्न श्रम अदालतमा ठगीको मुद्दा चलाउने अधिकार जिल्ला वा उच्च अदालतलाई दिन अति जरुरी रहेको बताए ।