लिटरमै ५ रूपैयाँले घट्यो पेट्रोलको भाउ
काठमाडौं–सरकारले शुक्रबारदेखी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो ।

निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । खाना पकाउने ग्यासको मुल्य भने यथावत रहेको छ ।
