रबि लामिछानेमाथि संसदिय समितिको थाल्यो सोधपुछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीबारे बयानका लागि संसदीय छानबिन समितिमा पुगेका छन् ।
संसदीय समितिले उनीसँग गोरखा मिडिया प्रालिको एमडी हुँदा विभिन्न सरकारीहरूसँग भएको कारोबारबारे बयान लिन लागेको हो । आजै समितिले गोरखा मिडिया नेटवर्क प्रा।लि।का पूर्वसञ्चालक छविलाल जोशीसँग सोधपुछ गरेको छ ।
सहकारी ठगीमा पटक पटक रबि लामिछानेको नाम आउने गरेको र सहकारीको सदस्य नहुँदै ऋण लिइएको पाइएपछि संसदको लामो बहसपछि विशेष समिति गठन गरेको थियो । अहिले ४ः० बजेबाट उनीसँग सिंहदरबारमा बयान शुरु गरिएको छ ।