Close

Recent Posts

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

मेचिनगरको मेची क्राउन भारतको उडान ग्रुपले लियो लिजमा

मेचिनगरको मेची क्राउन भारतको उडान ग्रुपले लियो लिजमा
  • ७ भाद्र २०८१, शुक्रबार १३:३६

काठमाडौं । झापाको मेचिनगरमा अवस्थित पाँचतारे होटल मेची क्राउन भारतको उडान एण्ड रिसोर्ट ग्रुपले १२ बर्षका लागि लिजमा लिएको छ ।

mulpatra

भारतको सिक्किम, दार्जिलिङ देखि अन्य विभिन्न शहरमा होटल सन्चालन गर्दै आएको सो ग्रुपले नेपालमा पहिलो पटक मेची क्राउन भाडामा लिएको हो ।

होटल खुलेको छोटो समयमा भारतीय माझ चर्चित भएको मेची क्राउन विवाह र पार्टी र वेडिङ डेष्टिनेशन र क्यासिनोका लागि रोजाइमा पर्दै आइरहेको थियो । पर्यटकको चापको कारण सन्चालनको २ बर्ष मै १ सय कोठा थपेको मेची क्राउन भाडामा लिएपनि सन्चालकलाई आम्दानी समेत बाँड्ने सम्झौतामा उल्लेख भएको छ ।

भारतको अन्तर्राष्टिय विमानस्थल बागडोगराबाट १२ किलोमिटरको दुरीमा रहेको र नेपालकै ठुलो क्यासिनो भेगास रहेकाले भारतीय खेलाडीहरुको प्रमुख गन्तव्यका रुपमा रहन गएको छ ।

पूर्वी नाका काँकडभिट्टादेखि भारत, बंगलादेश र भुटान छोटो दूरीमा रहेकाले त्यहाँका पर्यटक आउने गरेका छन्। होटलमा पाँच सुइट रूम, १० भिल्ला, २० क्लब रुम र ७० डिलक्स रुम छन्। दुईवटा रेस्टुरेन्ट, ब्यांक्वेट हलसहित हेलिप्याडको सुविधासमेत छ।
आठ बिघा क्षेत्रफल ओगटेको मेची क्राउन परिसरमा १ हजार वृक्षारोपण गरिएको छ। यसले वातावरण सुहाउँदो बनाउन सहयोग पुगेको छ। त्यस्तै, स्विमिङ पुल, स्पा सेन्टर, स्टिम बाथ, जिम हल, टेनिस कोर्ट र ब्युटिपार्लर भवन परिसरमै छन्।