राष्ट्रपतिले गरे टीआरसी विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे टीआरसी विधेयक प्रमाणीकरण
  • १३ भाद्र २०८१, बिहीबार १७:४४

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन् ।

mulpatra

संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ अनुसार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छन्। टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।

mulpatra mulpatra mulpatra