नेपालमा बंगलादेशभन्दा भयङ्कर ठुलो आन्दोलन हुने प्रसाईको उद्घोष

नेपालमा बंगलादेशभन्दा भयङ्कर ठुलो आन्दोलन हुने प्रसाईको उद्घोष
  • १५ भाद्र २०८१, शनिबार १८:२५

काठमाडौं– मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले आगामी मंसिर ७ गतेदेखि राष्ट्रव्यापी आन्दोलन घोषणा गरेका छन् । उनले भदौदेखि मंसिरको आन्दोलनका लागि भव्य तयारी थालेका छन् ।
हालै प्रसाईले ललितपुरको लगनखेल र काठमाडौंको कपनमा कार्यक्रम गरेका थिए । उक्त कार्यक्तममा जनताको सहभागिता उत्साहजनक रहयो ।

mulpatra

देशमा अहिलेको जस्तै अवस्था रहिरहे जनता भोकै मर्ने दिन आउने प्रसाई बताउँछन् । नेपालमा अहिले ६० प्रतिशत व्यापारिक सटर बन्द छन्, युवा देश छाडेर विदेशीने क्रम बढ्दो छ । किसान मारमा परेका छन् । सरकारले उनीहरुका समस्यालाई सामान्य ठानेको प्रसाईको आरोप छ । उनका अनुसार विद्यार्थीलाई पढ्ने अवस्था छैन र यो अवस्थामा नेपाली जनता चुप लागेर बस्नु नहुने प्रसाईका बुझाई छ ।

नेपालमा अहिले ‘गर कि मर’ भन्ने अवस्था भएका कारण आन्दोलन गर्नुपर्ने बाध्यता भएको प्रसाईले बताए । ‘प्रमुख नेताहरु तस्कर, माफिया, निर्दयी, दरिद्र, स्वार्थी, असक्षम अनि भ्रष्ट देखिए । बंगलादेशमा यस्तै प्रवृत्तिले सीमा नाघेपछि त्यहाँका जनताले प्रधानमन्त्री नै खेदाए ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

नेपालमा पनि केही सिमित नेताहरुले जनताको ढाड सेकेर, अनेक सास्ती र दुःख दिएर देशलाई हरिकंगाल बनाइरहेका छन् । केन्द्रका, सातवटा प्रदेशका र सात सय ५३ वटा पालिकाका सरकार हाँकिरहेका हरूले यस्तै घटनालाई निम्त्याई रहेको उनको आरोप छ ।

मंसिरमा हुने आन्दोलनका बारेमा केही व्यक्ति, पार्टी र परिवर्तन नचाहनेहरुले नचाहिँदो हल्ला चलाइरहेका छन् । यस्तो हल्लाको पछि नलाग्न प्रसाईले सबै नागरिकलाई आग्रह गरेका छन् ।

आन्दोलनका गर्नुका मुख्य कारण

Image Source: © https://mulpatra.com

५५ जना व्यापारिक घरानाले ४० अर्बभन्दा बढी नीजि बैंकहरुमा कृषि कर्जाका नाममा अनुदान लिएर नेपालीको पैशा लुटिरहेको प्रसाईको आरोप छ ।

४५ वर्षअघि वर्माबाट लखेटिएका मारवाडीहरूको आज नेपालमा लगानी मात्र होइन । अर्थतन्त्रमा समेत कब्जा छ । उनीहरुले दैनिक पैसा विदेश लैजाने गरेको प्रमाण आफुसँग भएको प्रसाईले जानकारी दिए ।

४० खर्ब रुपैयाँ नेपालको पैशा मारवाडीहरुकै हातमा छ । यसैको जसका कारण नेपालमा आर्थिक मन्दी देखिएको हो ।

हाल नेपालमा ७÷८ खर्ब रुपैयाँ पैसा मात्र भएका कारण देशले आर्थिक मन्दीको सामाना गर्नुपरेको प्रसाईले जानकारी दिए ।

तीनै बर्माबाट छिरेका मारवाडीहरु अहिले भारतीय नोट तस्करी, सुन तस्करी, अवधै लागू औषधी र अन्य अवैध कार्यमा सलंग्न रहेको प्रसाईको उनको दाबी छ । अहिले तीनै व्यापारका नेपाली व्यापारीपनि समस्यामा परेका छन् ।

बैंकको चर्को ब्याजदरका कारण देशभरका ६० प्रतिशत व्यापारिक सटर खाली भइरहेका छन् । तिहारंपछि यो दर बढेर ७० सम्म पुग्ने र व्यापारी पलायन हुने उनको प्रसाईको दाबी छ ।

नेपाली बैंकहरुले सर्वसाधारण जनतामाथि गरेको शोषण, दमन र उत्पीडनका विरुद्धमा उनले २ वर्षयता आवाज उठाउँदै आएका छन् ।

प्रसाईले हिन्दु राज्य कायम गर्नुपर्ने,राजसंस्था पुर्नस्थापना गर्नुपर्ने,संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखी देशव्यापी आन्दोलन गर्दै आएका छन् ।