यस बर्षको दशैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने
काठमाडौं – विगतका वर्षमा जस्तो यो साल दशैंमा नयाँ नोट नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले यो वर्ष नयाँ नोट वितरण नगर्ने भएको हो ।

केन्द्रीय बैंकले लामो समयदेखि दशैंको मौसममा नयाँ नोट वितरण गर्दै आएको थियो। यस्ता नयाँ नोटहरू कहिलेदेखि वितरण गर्न थालिएको हो भन्नेबारे केन्द्रीय बैंकसँग पनि कुनै आधिकारिक प्रमाण भेटिएको छैन। तर राष्ट्र बैंकका पुराना कर्मचारीहरूले केन्द्रीय बैंकको स्थापना गरेका तत्कालिन राजा महेन्द्रले यस्ता सुविधा दिन लगाएको बताउँछन्।
राजा महेन्द्रले नेपालमा हिन्दु धर्मको प्रबर्द्धनका निम्ति थुप्रै काम गरेका थिए। यसमा शक्तिको पूजा गर्ने पर्व दशैंलाई बढी महत्व दिइएको थियो। नेपाली सेना र राजशाह मात्र होइन, राणा कालमा पनि महाकालीको आरधनालाई बढी महत्व दिएको थियो।
![]() |
![]() |
![]() |
|---|
यसरी दशैंलाई बढी महत्व दिने शिलसिलामै दशैंको बखत सबैभन्दा लामो सार्वजनिक विदा दिने र दशैंमा कर्मचारीलाई एक महिनाको तलब बराबर अतिरिक्त भत्ता दिने क्रम पनि सुरू गरियो। यस्तै एक इनिसियटिभको रूपमा दशैंमा नयाँ नोट सटहीको सुविधा दिईएको राष्ट्र बैंकका पुराना अधिकारीहरू बताउँछन्।
तर अब राष्ट्र बैंकले यसरी नोट सटही गर्ने सुविधाको अन्त्य गर्न लागेको केन्द्रीय बैंकका एक अधिकारीले जानकारी दिए । “हामीले दशैंलाई मात्र केन्द्रित गरेर नयाँ नोट बाड्दा त्यो नोट छाप्ने, ढुवानी गर्ने, वितरणा गर्ने प्रक्रियाका लागि वार्षिक १ अर्ब रूपैयाँ खर्च भइरहेको छ“, ति अधिकारीले भने, “राज्यको यति ठूलो लागत केवल नयाँ नोट बाँड्नका लागि खर्च गरिनु राम्रो होइन।“
राष्ट्र बैंक स्रोतले दिएको जानकारी अनुसार अबदेखि नियमित प्रकृयाबाट मात्र नोट छाप्ने र बजारमा पठाउने बताए। दशैंमा नोट दिँदा एक पल्ट ठूलो मात्रामा नोट वितरण हुने र त्यो नोट फर्केर पनि नआउने अवस्था रहेको उनले बताए।
Image Source: © https://mulpatra.com
यद्यपि साना दरका खुद्रा नोटहरू दशैंका बेला बजारमा जाने भए पनि त्यो पैसा नियमित प्रक्रियाबाट पर्याप्त मात्रामा कसरी पुर्याउन सकिन्छ भनेर राष्ट्र बैंकले अध्ययन गरिरहेको बताइएको छ।



