व्यवस्था बदल्न: बुद्धिजीसँग प्रसाईले लिए परामर्श

व्यवस्था बदल्न: बुद्धिजीसँग प्रसाईले लिए परामर्श
  • १६ भाद्र २०८१, आईतवार १६:४९

काठमाडौं–नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आज बुद्धिजीविहरुसँग छलफल गरेका छन् । उनले देशको राजनीतिक अवस्था र व्यवस्था बदल्न आज काठमाडौंको इन्द्रेणी फुटल्याण्डमा बुद्धिजीविहरुसँग छलफल गरेका हुन् ।

mulpatra

छलफल कार्यक्रममा ४० जनाभन्दा बढी विभिन्न क्षेत्रका बुद्धिजीविहरु सहभागि भएका थिए । उनीहरुले नेपालको अवस्था बदल्न जोखिम मोल्नुपर्ने प्रसाईसँग बताएका छन् । छलफलमा सहभागि बुद्धिजीविहरुले राजनीतिक दलका कारण देशको अवस्था बिग्रिएको र यसलाई सुधार्ने केही गर्नुपर्ने प्रसाईलाई सुझाव दिएका छन् ।

नेपालमा अहिलेको जस्तै अवस्था रहे जनताले दुख पाउन र यसका लागि भण्डाफोर गर्नुपर्ने बुद्धिजीविहरुको बताएका छन् । राजनीतिक दलले जनतालाई दास र देशलाई लुटेर खाने बाटो मात्र बनाएका छन् । यस्तो प्रवृत्तिलाई सबै जनता मिलेर परिवर्तन गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

mulpatra mulpatra mulpatra

कार्यक्रम सहभागि डा सुरेन्द्र केसीका अनुसार देशको अवस्था कस्तो छ । दुर्गा प्रसाईले प्रस्ट बताउँदै आउनु भएको छ । उहाँकै कारण अहिले राजनीतिक दल त्रासमा भएको केसीले बताएका थिए । जननाका लागि एक पटक सबै ज्यान दिएर होमिनुपर्ने उनको भनाइ थियो ।

यस्तै, आफु विकृति विसंगति बदल्ने प्रयासमा रहेको प्रसाईले बुद्धिजीविहरुको आश्वासन दिएका छन् । आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा ल्याउन अभिप्रेरित गरे पनि बल्ल आफू सबै छाडेर देशका लागि होमिएको प्रसाईले बताए । ‘म अहिलेको व्यवस्था र अवस्था बदल्न आएको हुँ । त्यसका लागि जनता र बुद्धिजीविहरुको साथ चाहिन्छ ।

बुद्धिजीसँग कार्यक्रममा राखिएको एजेन्डा

Image Source: © https://mulpatra.com