Close

Recent Posts

उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सागर मिश्र सम्मानित

उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सागर मिश्र सम्मानित
  • २२ भाद्र २०८१, शनिबार २२:२०

काठमाडौ । नेपाल सरकारले झापा भद्रपुर घर भई हाल कागेश्वरी मनोहरा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा रहनु भएका निजामती कर्मचारी सागर मिश्रलाई उत्कृष्ट निजामती सेवा पुरस्कार २०८१ बाट सम्मान गर्ने भएको छ ।

mulpatra


नेपाल सरकारले निजामती कर्मचारीहरु मध्येबाट ४० जनालाई पुरस्कार सहित सम्मान गर्ने भएको छ । निजामति सेवा नियमावली २०५० को नियम ११६ (क) बमोजिम निजामति सेवा दिवस २०८१ भदौ २२ को अवसरमा उत्कृष्ट निजामति सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गर्ने भएको छ ।


उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मान हुने १० जना मध्ये झापा भद्रपुर निवासी सागर मिश्र समेत रहनु भएको छ । त्यसै गरि निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो ।


उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैया राशिको रहेको छ भने निजामती सेवा पुरस्कार रु. ५० हजारको रहेको छ ।

निजामती सेवा दिवस २२ भदौको दिन सरकारले वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई पुरस्कृत गर्दछ ।