सरकारी कार्यालयबाट शेयर कारोवार गर्न नपाइने

सरकारी कार्यालयबाट शेयर कारोवार गर्न नपाइने
  • २६ भाद्र २०८१, बुधबार १०:५७

काठमाण्डौ । सरकारी कार्यालयमा बसेर कर्मचारीहरु शेहयर कारोबारमा लागेको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले अमान्य भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो आधिकारीक फेसबुकमार्फत यस्तो धारणा राखेका हुन् ।

mulpatra


देशको प्रमुख कार्यालय सिंहदरबार भित्रै हरेक जसो कर्मचारीको कम्प्युटर, ल्यापटपमा टिएमएस र शेयर मार्केट खुलीरहने सामान्य हुन थालेपछि उनले कर्मचारीले सेयर कारोबार गर्दा सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आएकाले सोही जनगुनासोलाई सम्बोधन गर्दै सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस)मा प्रतिबन्ध लगाएको बताएका छन् ।


‘सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

mulpatra mulpatra mulpatra


भदौ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरुमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

Image Source: © https://mulpatra.com