विद्यालयमा दिइने दिवा खाजाका बारेमा मन्त्रालयले माग्यो सुझाव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवा खाजामा रैजान पकिार प्रयोग कसरी गर्ने भन्ने विषयमा सरोकारवालासंग सुझाव माग गरेको छ ।
विद्यालयको कक्षा ५ सम्म दिइँदै आएको दिवा खाजामा स्वस्थ्यकर तथा पौष्टिक तत्त्व भरपुर हुनु पर्ने भन्दै तयार गरेको मस्यौदामा सुझाव माग गरेको हो ।
मन्त्रालयले सुझाव माग्दै दिवा खाजाका लागि कस्तो नीति आवश्यक छ ?, दिवा खाजासँग जोडेर स्थानीय खाद्यवस्तुको उत्पादन बढाउने तरिका के हुन सक्छ, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न कुन कुन निकायसँग सहकार्य गर्न सकिन्छ जस्ता बुँदाहरु राखेर सुचना जारी गरेको छ ।
