कृषक खुसी हुँदा उद्यम केन्द्र खुसी हुन्छ: डि.बी बस्नेत

कृषक खुसी हुँदा उद्यम केन्द्र खुसी हुन्छ: डि.बी बस्नेत
  • २६ भाद्र २०८१, बुधबार २२:३८

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ कृषि कृषि उद्यम केन्द्र, नेपाल बीउ तथा मल परियोजना, सिमिट नेपालको संयुक्त आयोजनामा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयलाई समेटेर कृषिमा आधारित लघु, साना तथा मझौला उद्यमीहरु र सरोकारवालाहरुको राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।


नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रले अन्तराष्ट्रिय मकै तथा गहुँ बाली सुधार केन्द्र सिमिटद्धारा कार्यान्वय भइरहेको ‘नेपाल बीउ तथा मल परियोजना सँगको साझेदारीमा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाहरुमा ‘लघु साना तथा मझैला उद्यमी सहयोग कार्यक्रम’ सन्चालन गरिरहेको छ ।


सोही परियोजनाको विकासका लागि गरिएको उक्त कार्यक्रममा माननीय कृषि मन्त्री रामनाथ अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, सिमेट नेपालका ड्युटीमान चौधरी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष, संघिय सांसद कृषि समितिका सभापति, कृषि मन्त्रालय, बाणिज्य मन्त्रालय, नेपाल राष्ट्रबैंक र विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा आयोजक तथा नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रका सभापति डी.बी बस्नेतले केन्द्रको इतिहास खोतल्दै भन्नुभयो ‘२०४८ सालको भदौमा स्थापना भएको उद्यम केन्द्रले हालसम्म कृषि उत्पादन र कृषि उद्यमशिलतामा महत्वपुर्ण काम गर्दै आइरहेको छ । कृषिका नीति, बहस पैरवी गर्दै सरोकारवालाहरुसँग छलफल गर्दै आइरहेको छ ।’


नेपालमा अझै पनि भइरहेको परम्पारगत खेति प्रणालीलाई विभिन्न दातृनिकायको सहयोगले आधुनिकीकरणमा खेलेको भुमिकाको कुरा गर्दै भन्नुभयो ‘सरकारसँग नीति विकासमा हातेमालो समेत गर्दै आइरकोको र विभिन्न विकास साझेदारहरुसँग काम गर्दै आउँदा कृषि उद्यम केन्द्रलाई सहयोग गर्दै आइरहेको युएसआइडिीले खेलेको भुमिका महत्वपुर्ण छ ।’


कृषि उद्यम विकास, कृषि व्यवसायलाई प्रवद्र्धन गर्न नीजि क्षेत्रको मुद्धा बोकेर केन्द्र हिँिडरहेको र कृषि विकासका लागि नेपाल सरकाससँग निजी सरकारी साझेदारीमा एक गाउँ एक उत्पादन जस्ता महत्वपुर्ण परियोजनाहरु सन्चालन मार्फत स्थानीय उत्पादनलाई उत्पादन, प्रशोधन र बजारीकरणमा सहयोग गरिरहेको समेत बस्नेतले बताउनु भयो ।


कृषक खुसी हुँदा उद्यम केन्द्र खुसी हुन्छ भन्दै भन्नुहुन्छ ‘कृषि उद्यम केन्द्रसँगको साझेदारीमा मकै, धान, तोरी, मसुरो, आलु लगायतका बालीहरुको मुल्य श्रृखला, उत्पादन श्रृखलामा खेलेको भुमिकाले कृषकको उत्पादन र आम्दानी समेत बढ्न गएको छ र कृषकको मुहारमा खुसी ल्याएको छ जसले गर्दा हामी पनि खुसी छौं ।’


कार्यक्रमले कृषकको उत्पादन, प्रशोधन र बजारीकरणमा सहयोग पुगेको कृषकहरुले बताइरहँदा र सार्वजनिक र नीति क्षेत्रका सरोकारवालाहरुलाई लघु, साना, मझौला उद्यमको विकासमा देखा परेका समस्या र चुनौतिहरु खोतलेर सरकारसामु प्रस्तुत गर्दा गर्व लागेको बताउँदै भन्नुभयो ‘लघु, साना तथा मझौला उद्यमी सहयोग कार्यक्रम कार्यान्वयनमा सहकार्य गर्नु पाउनु हाम्रो उपलब्धी पनि हो ।’ खासगरी मकै खेतिमा प्रयोग भएको प्रविधि हस्तान्तरण, सिप र मुल्य श्रृखलामा परेको सकारात्मक असरले आयात प्रतिस्थापनमा महत्वपुर्ण भुमिका खेल्ने समेत उहाँले बताउनु भएको छ ।


कार्यक्रममा माननीय कृषि मन्त्रि, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग मन्त्रालयका सचिव, केन्द्रिय सहकारीका अध्यक्ष, राष्ट्र बैंक र विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरुले आफ्ना कुरा राख्नु भएको थियो ।