राष्ट्र संघ महासभामा भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले भेट्ने मौका पाउँदैनन्:प्रसाई

राष्ट्र संघ महासभामा भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले भेट्ने मौका पाउँदैनन्:प्रसाई
  • २ आश्विन २०८१, बुधबार ०८:२६

काठमाडौं– प्रधानमन्त्री केपी ओली ४ असोजमा अमेरिका जाने भएका छन्। ओली संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका जान लागेका हुन् ।

mulpatra

ओली प्रधानमन्त्री भएपछि .पहिलो पटक अमेरिका भ्रमणमा जान लागेका हुन् । उनको अमेरिका भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने चर्चा अहिले नेपालमा चलेको छ । तर भारतीय पक्षले महासभाको बैंठकमा ओलीलाई प्रधानमन्त्री मोदीले नभेट्ने संकेत गरिसकेका छन् ।

नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईपनि यस विषयमा सहमत छन् । उनका अनुसार राष्ट्र संघ महासभा बैठकमा शक्ति राष्ट्रबीच शक्ति र हाल युद्ध चलिरहेको युक्रेन र रुसको समस्या समाधान गर्ने विषयमा छलफल हुन्छ । भारत पनि अहिले शक्ति राष्ट्र भइसकेको छ । जसका कारण प्रधामन्त्री नरेन्द्र मोदीले ओेलीलाई भेट्ने मौका नदिने उनको दाबी छ । नेपाल र भारत छिमेकी र एउटा टेबुलमा बस्नु पर्ने भएका कारण बाटो हिडंदाँ ओलीले मोदीसँग हात मिलाउन मौका पाउने सक्ने उनले जानकारी दिए ।
ओलीले त्यति मौका पाए भने नेपालमा मोदीसँग भेट भएको भन्दै अफवाह फैलाउने काम हुन्छ । पुरानो फोटोलाई जोडेर भ्रम फैलाउने काम हुने उनको भनाइ छ ।

mulpatra mulpatra mulpatra

ओली प्रधानमन्त्री भएयता भारत भ्रमणमा बोलाउन र मोदीसँग सम्बन्ध बढाउन विभिन्न माध्यम प्रयोग गर्दै आएका छन् । तर भारतीय प्रधामन्त्री मोदीले यस विषयमा चासो नदिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार ओली प्रधानमन्त्री भएपछि भारतलाई भ्रमणमा बोलाउन आग्रह गर्दै आएका छन् । तर भारतले उनको आग्रह वेवास्ता गर्दै आएको छ । भने उनी प्रधानमन्त्री भएको भारतलाई मतलब समेत नभएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीसहित भ्रमण दलमा परराष्ट्रमन्त्री डा.आरजु राणालगायत सहभागी हुन जाँदै छिन् । संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गते ९सेप्टेम्बर १० देखि २८० सम्म न्युयोर्कमा हुँदै छ । त्यस अन्तर्गत असोज ६ र ७ गते ९सेप्टेम्बर २२ र २३० समिट अफ द फ्युचर हुने छ । प्रधानमन्त्री ओलीले महासभालाई समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।