Close

Recent Posts

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

निर्माण सम्पन्न नहुँदै सन्चालन गरियो धरहरा

निर्माण सम्पन्न नहुँदै सन्चालन गरियो धरहरा
  • ३ आश्विन २०८१, बिहीबार १०:०७

काठमाडौं । संविधान दिवसको अवसर पारेर आज देखि धरहरामा सर्वसाधारण चढ्न पाउने व्यवस्था गरिएको छ । अहिलेलाई धरहरा चढ्न कुनै शुल्क नलाग्ने शहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

mulpatra

भुकम्पले ढलेको धरहरालाई जस्ताको तस्तै राखेर छेउमा निर्माण गरिएको नयाँ धरहरा पुर्णरुपमा निर्माण सम्पन्न भएको छैन । निर्माणाधीन अवस्थामै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ बैशाखमा उद्घाटन गरेको र अहिले सम्म ५ प्रतिशत भन्दा बढी काम बाँकी रहेको अवस्थामा पुन प्रवेश सन्चालन गर्नुले कुन दिने बन्द गर्ने हो थाहा नभएको एक स्थानीयले बताएका छन ।

बरु थप छ महिना लाग्थ्यो भने पुरा निर्माण सकेर, व्यवस्थापनको सम्पूर्ण काम सकेर सन्चालन गरेको भए हुने । योजनाको जसलिन निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्ने, सन्चालन गर्ने प्रतिस्पर्धाले निर्माणाधीन योजनामा असर गर्ने आयोजनाका एक इन्जिनियरले बताएका छन ।