खाडीको श्रम स्वीकृति आफुले घुस खुवाएर खुलाएको भन्दै व्यवसायीसँग रातारात पैसा उठाउँदै गुरुङठुला कर्मचारी देखाउँदै म्यानपावर धम्क्याउँछन्
काठमाडौं– सोमबार वैदेशिक रोजगार विभागले १२ वटा देशको श्रम स्वीकृति खुला गरेको छ ।

विभागले पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलसमेतका देशमा मन्त्रीस्तरीय निर्णय बमोजिम अस्थायी रूपमा स्थगन गरिएको श्रम स्वीकृति खलाएको सूचना जारी गरेको थियो ।
विहिबारदेखि भोली श्रम स्वीकृति खुल्छ भन्दै वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवन गुरुङ र उनीनिटक केही व्यवसायीले म्यानपावरबीच भ्रम फैलाउन थालेका थिए । साथै उनले रातारात उच्च कर्मचारीलाई पैसा दिनुपर्ने भन्दै व्यवसायीसँगै पैसा उठाउन थालेको एक म्यानपावर व्यवसायीले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
३ दिनदेखि यता खाडीका देशको श्रम स्वीकृति खुलाउने र खुलाएको भन्दै पैसा उठाइरहेका छन् । एकतिर व्यवसायी चलेको छैन अर्कोतिर घुस तिर्ने पैसा समेत अध्यक्षले उठाइरहेका छन् । अब कसरी व्यवसायी चलाउने भन्दै उनले गुनासो गरे ।
सोमबार विहानै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेर मन्त्री कार्यकक्ष अथवा ढोका अगाडी फोटो खिच्दै उनै गुरुङले नयाँ श्रम स्वीकृति खुल्यो भन्दै व्यवसायीको ग्रुपमा भ्रम फैलाए ।
उनले पुरानो परराष्ट्र मन्त्रालयको निर्णय हाल्दै श्रम स्वीकृति खुल्नु अगाडी नै खुलेको भ्रम फैलाए । विहिबारदेखि नै अध्यक्ष गुरुङले केही व्यवसायीलाई श्रम र परराष्ट्र मन्त्रालयका उच्च कर्मचारीलाई घुस खुवाएर श्रम स्वीकृति खुलाउन पहल गरेको गफ दिन थालेको एक म्यानपावर व्यवसायीले जानकारी दिए ।
Image Source: © https://mulpatra.com
गुरुङले हिजो साँझ आफुनिटक केही व्यवसायीलाई श्रम र परराष्ट्र मन्त्रालयका उच्च कर्मचारीलाई घुस खुवाएर खाडीका देशको नयाँ श्रम स्वीकृति खुलाएको भन्दै गफ लगाएको ती व्यवसायीको भनाइ छ ।
यो पनि
उनका अनुसार श्रम स्वीकृति र मागपत्र प्रमाणिकरणमा मात्र घुस दिने गरेको सुनेको थिए । तर अहिले युद्धका कारण रोकिएको श्रम स्वीकृति खुलाउन समेत घुस खुवाउनुपर्छ भनेर उनले मूलपत्रलाई पटक–पटक प्रश्न गरे ।
सरकारले खुलाएको श्रम स्वीकृति आफु कर्मचारी ठुलो रकम खर्चिएर खुलाएको भन्दै उनले अहिले म्यानपावर व्यवसायीकै ग्रुपमा भ्रम फैलाइरहेका छन् । उनै गुरुङले श्रम मन्त्रालयमा गइ फोटो खिच्ने र उच्च कर्मचारीसँग संगत छ भन्दै व्यवसायीलाई भित्र–भित्रै धम्क्याउने समेत गरेको व्यवसायीको गुनासो छ ।
यस विषयमा मूलपत्रले श्रम र विभागका कर्मचारीलाई सोधेका थियौं । उनीहरुले अहिले युद्ध कम भएको र सुरक्षाको चुनौती कम भएका कारण खाडीका देशको श्रम स्वीकृति खुलाएको जानकारी दिए ।
कसैले घुस खुवाएर श्रम स्वीकृति खुलाएको भनेको प्रमाण अथवा त्यस्तो भ्रम फैलाएको पाइएमा कानुनी कारवाही हुने श्रम मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।
उनले सरकारले आफनो काम गरेको हो । कसैले घुस खुवाएर श्रम स्वीकृति खुलाउन सक्दैपनि र त्यस्तो हावा गफ दिएको भए कारवाही हुने समेत उनले बताए ।
अमेरिकाले इरनामाथि आक्रमण गरेपछि पश्चिम एसियामा उत्पन्न विषम परिस्थिति भन्दै विभागले गत फागुन १७ गते सबै प्रकारका श्रम स्वीकृति बन्द गरेको थियो ।
यो पनि
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई इमरजेन्सी रेस्पोन्स टिम (इआरटी)ले पश्चिम एसियामा अमेरिका–इरानबीच भएको युद्ध सुरु भएपछि रोकिएको नयाँ श्रम स्वीकृति खोल्न सोमबार सिफारिस गरेपछि मन्त्रीस्तरीय निर्णयको आधारमा श्रम स्वीकृति खुला गरेको मन्त्रालयले बताएको छ । केही दिनअघि पुनः श्रम स्वीकृति भने खोलिएका थियो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



