Close

Recent Posts

कुचोको व्यवसायिक करणले रोजगारी सिर्जनाः राजकुमार कार्की

कुचोको व्यवसायिक करणले रोजगारी सिर्जनाः राजकुमार कार्की
  • ४ आश्विन २०८१, शुक्रबार २१:५७

कुचो बनाउने तालिम सम्पन्न

mulpatra

कार्यक्रम सन्चालकले प्रमुख अतिथि, अतिथिलाई मन्चमा बोलाउँछन र संँगै बोलाउछन कुचो बनाउने तालिम लिएका महिलाहरु । ती महिलाहरु आएर मन्चको अगाडी कुचो बनाउन थाल्छन, कुचोको बोट अम्रिसोमा पानी हालिन्छ र कार्यक्रमको उद्घाटन हुन्छ र अन्त्यमा त्यसरी बनाइएको कुचो अतिथिहरुलाई मायाको चिनो दिएर कार्यक्रम समापन हुन्छ ।


माथिको फरक दृश्य नेपाल कुचो संघले दिएको १५ दिने कुचो बनाउने तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमको हो ।
नेपालमा उत्पादित कुचोको व्यवसायिक करणसँगै रोजगारी सिर्जना गर्न अहम भूमिका खेलेको नेपाल कुचो संघको अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका सदस्य राजकुमार कार्कीको कार्यक्रम गर्ने फरक शैली र नेतृत्वदायी भुमिकाले नै नेपाल कुचो संघ स्ंथापनाको चौथो बर्षमा धेरै रोजगारी सिर्जना गर्न र डेढ अरब भन्दा बढीको कुचो निर्यात गर्न सफल भएको छ ।

mulpatra mulpatra mulpatra


नेपाल कुचो संघले संघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा २०८१ भाद्र १६ देखि असोज ३ गते सम्म सन्चालित प्राकृतिक रेसाजन्य वस्तु अम्रिसोबाट कुचो बनाउने तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।


नेपाल सरकार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना र नेपाल कुचो संघको समन्वयमा सन्चालित १५ दिने उक्त तालिम आज बौद्धको एक पार्टी प्यालेसमा भव्य समारोहका विच समापन गरिएको हो ।


कार्यक्रममा कुचोको प्रमुख उत्पादक जिल्ला इलाम क्षेत्र नं. २ का संघिय सांसद सुहाङ नेम्वाङको प्रमुख आतित्य रहेको थियो सो कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति डि.बी बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

Image Source: © https://mulpatra.com


नेपाल कुचो संघले गोकर्ण ८, माकलवारी, कागेश्वरी मनोहराको थली, पनौति वडा नं. ६ को तामाङ वस्ती, बनेपा ४ को भण्डारी गाउँ र काठमाडौं महानगरपालिका वडा नं. ४ सुकेधारामा एकसाथ तालिम दिइएको थियो । तालिम दिइएका सबैलाई एकैठाउँ भेला पारी आज कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण गरिएको कार्यक्रमका सन्चालक तथा कुचो संघका व्यवस्थापक युवराज सुवेदीले बताउनु भयो ।


कुचो अम्रिसोबाट बन्दछ । अम्रिसोको फुल र डाँठ समेत कुचोमा प्रयोग हुने गर्छ । नेपालको मध्य तथा पहाडी भेगमा खेती गरिने अम्रिसो ३ मिटरसम्म अग्लो हुन्छ । एक पटक लगाएपछि १५ वर्षसम्म हुने यसको स्याउला गाईबस्तुको आहाराका रूपमा प्रयोग गरिन्छ । डाँठबाट उच्च कोटीको कागज पनि बन्छ भने बजारमा बिक्री हुने फूलको झुप्पोबाट कुचो बनाइन्छ ।


पहिले पहिले नेपालमा उत्पादित कुचो सोझै भारत जाने र प्रशोधन भएर बढार्न प्रयोग गर्ने कुचो नेपाल आउने गथ्यो यस्तो अवस्थामा नेपालमै धेरैलाई तालिम दिएर, कुचो बनाउन सिकाएर संघको स्थापना कालदेखि हालसम्म धेरै रोजगारी सिर्जना गरेको बताउँदै अध्यक्ष राजकुमार कार्की भन्नु हुन्छ ‘कुचो नेपालका भित्री मधेश र पहाडी सबै जिल्लामा हुने गर्छ तर यसको व्यवसायिक करण नहुँदा, तालिम नहुँदा र जानकारी समेत नहुँदा व्यवसायिक उत्पादनमा आकर्षणको केन्द्र अझै बन्न सकेको छैन यस्तो अवस्थामा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हामीले तालिम दिएर व्यवसायिकरण गर्न खोजेका छौ ।’


कार्यक्रममा उपस्थित प्रमुख अतिथि माननीय सुहाङ नेम्वाङलाई सदनमा समेत कुरा उठाउन आव्हान गर्दै कार्की भन्नुहुन्छ ‘नेपाल सरकारले कुचोलाई उचित ध्यान दिन सकेको छैन, कुचोले बजारीकरण र निर्यातमा समेत विभिन्न खाले समस्याहरु झेलीरहेको छ ।’


‘यता युवा हरेक दिन रोजगारीका लागि विदेशिने क्रम बढीरहेको छ यस्तो अवस्थामा कुचोलाई मात्र पनि उत्पादन, प्रशोधन र बजारकिरणमा सरकारले ध्यान दिने हो भने लाखौ युवालाई विदेशिन रोक्न सकिन्छ र व्यापार घाटा कम गर्दै अरवौ राजश्व संकलन गर्न सकिन्छ ।’


तालिम आयोजक संस्था व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले मन्तव्यका क्रममा भन्नुभयो ‘शुरुमा कुचोको पनि संघ हुन्छ र ? भन्दै अनौठो लाग्थ्यो धेरैलाई । तर चार बर्षको अन्तरालमा बार्षिक एक अरब भन्दा बढीको निर्यात गर्न सफल भएको र कुचो प्रशोधनले विशेषगरी महिलाहरुको आयआर्जनमा सहयोग गरेकोले कुचो संघले आफैले यसको औचित्य पुष्टि गरेको छ ।’


महिलाहरुले तालिम लिएर कुचो बनाउन सिके तर अझ आम्दानीको श्रोत बढाउन तालिम लिएका महिलालाई समेत उद्यमी बनाउन जरुरी छ भन्दै कार्यकारी निर्देशक भन्नुहुन्छ ‘राज्यले दिने स्टाटप शिर्षकका बजेट यी र यस्तै तालिम लिएका महिलालाई उद्यमी बनाउन प्रयोग गर्न सके अझ समृद्ध बनाउन सकिन्छ ।’


‘बंगलादेशका युनुस अन्सारीको उदाहरण दिँदै उहाँ भन्नुहुन्छ ‘ महिलाहरुलाई सामुहिक रुपमा उद्यमी बनाउन बंगलादेशमा जसरी काम गरियो त्यसैगरि नेपालमा समेत स्थानीय रुपमा काम गर्ने तालिम प्राप्त महिलालाई प्रयोग गर्न सके कुचोले पनि आर्थिक कायापलट गर्न सफल हुन्छ ।’


कार्यक्रममा प्रमुख अतिथि माननीय सुहाङ नेम्वाङ र अतिथी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति डि.बी बस्नेत समेतले कुचोको व्यवसायिककरण र महत्वका बारेमा मन्तव्य प्रकट गरेका थिए ।


कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष सुभाष बोलखे, शुभकामना मन्तव्य सचिव शुशिल गौतम र कार्यक्रमको समापन उपाध्यक्ष रविन्द्र खड्काले गरेका थिए ।