पुर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिँदै

पुर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिँदै
  • ६ आश्विन २०८१, आईतवार २१:४६

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै लामिछानेलाई पक्राउ गर्न लागिएको हो ।

mulpatra

पाटी सभापति पक्राउ पर्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता कार्यकर्ता केन्द्रीय कार्यालय बनस्थलीमा जम्मा हुन थालेका छन् । अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिड जम्मा भइसकेको छ।

नेता कार्यकर्तालाई पार्टी कार्यालयमा तत्काल जम्मा हुन पार्टीका बागमती प्रदेश सभापति डा. अच्युतम लामिछानेले मोबाइमा म्यासेज पठाएको उनले जानकारी दिए । रास्वपा सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्न सक्ने आशंकाले कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका हुन् ।

mulpatra mulpatra mulpatra

सहकारी अपचलनमा विशेष संसदीय छानविन समितिले दोषी देखाए पछि नेपाल प्रहरीले पूर्व डीआइजी छविलाल जोशीलाई काठमाडौंबाट आइतबार पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेर पोखरा लगिएको थियो ।
सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा उनलाई पक्राउ गरेपछि पुर्व गृहमन्त्री रबि लामिछाने समेत पक्राउ पर्ने आशंका गरिएको छ ।


सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ । उनीहरू तिनैजना व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।


लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । सहकारीबाट अवैध तरिकाले ल्याएको करोडौं रकम उनको हस्ताक्षरबाट चेक काटिएको छ । जोशीसँग प्रारम्भिक बयान लिएर प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ । आइतबार गृहमन्त्री रमेश लेखकले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न आईजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।

Image Source: © https://mulpatra.com

चीन भ्रमणमा रहेका रास्वपाका नेता तत्काल स्वदेश फिर्ताहुँदै

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किन लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिबिधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।

“नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ ।” भ्रमण टोलीलाई नेतृत्व गरेका डा. स्वर्णिम वाग्लेले बताए ।

टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।