Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

सुरक्षा संवेदनशीलता देखाउँदै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागत कार्यक्रम स्थगित

सुरक्षा संवेदनशीलता देखाउँदै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागत कार्यक्रम स्थगित
  • ७ आश्विन २०८१, सोमबार ११:२८

न्यूयोर्क–न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने भनिएको कार्यक्रम स्थगित भएको छ ।

mulpatra

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागत गर्न आयोजित कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजना उक्त स्वागत कार्यक्रम आयोजना गरिएको थियो । सुरक्षा संवेदनशीलता देखाउँदै कार्यक्रम स्थगन गरिएको नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले जनाएको छ ।

mulpatra mulpatra mulpatra

संयुक्त राष्ट्र संघको महासभा, समिट अफ दी फ्युचर तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले एक सूचनामार्फत जनाएको छ ।

यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावास दुःख प्रकट गरेको छ ।