प्रसाईलाई फसाउन ओलीकै खेल, महिलाको वाहानामा एमालेकै उजुरी
काठमाडौं–राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायीले नेकपा एमालेसमेत फसाउन निवदेन दिएको पाइएको छ । प्रहरी स्रोतका अनुसार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको सचिवालयबाट समेत प्रसाईविरुद्ध उजुरी परेको छ । प्रसाईविरुद्ध एमालेको पार्टी कार्यालयबाट पनि उजुरी परेको प्रहरीको भनाइ छ ।
आइतबार साइबर प्रहरीले प्रसाईलाई पक्राउ गरेको थियो । त्यसका पछाडी एमालेकै हात रहेको पाइएको छ । प्रसाईलाई फसाउन प्रधानमन्त्री र उनकै पार्टीको ठुलो हात रहेको उनको समर्थकको दाबी छ ।
ओलीले प्रसाईसँग व्यक्तिगत इगोका कारण पनि पक्राएको प्रहरीहरु बताउँछन् । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो । तर यो त वाहाना मात्र भएको पाइएको छ । प्रसाईलाई फसाउन अनेक चलखेल भइरहेको छ ।
प्रसाई समर्थक प्रदर्शन
प्रसाईंका समर्थकले काठमाडौँमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलमा उपस्थित प्रसाईंका समर्थकले मुखमा कालो टेप बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रसाईंको समर्थनमा विभिन्न प्लेकार्डसहित प्रदर्शन गरे ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका नाममा ७ मंसिर २०८० मा काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए। त्यतिबेला एमालेको भातृसंगठन युवा संघले पनि कार्यक्रम गरेको थियो । प्रसाईले देशभर गर्दै आएको कार्यक्रमबाट राजनीतिक दल डराएका छन् । जसका कारण पनि उनलाई फसाउन अहिले ठुलो खेल भइरहेको छ ।