Close

Recent Posts

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

हेवा खोला पुल बाढीले बगाउँदा दशै खल्लो हुने ताप्लेजुङबासीको चिन्ता

हेवा खोला पुल बाढीले बगाउँदा दशै खल्लो हुने ताप्लेजुङबासीको चिन्ता
  • १२ आश्विन २०८१, शनिबार १२:०३

ताप्लेजुङ । गत बर्षको असार २ मा आएको बाढीले बगाएको मेची राजमार्ग अन्तर्गतको हेवाखोला पुलमा बल्ल तल्ल जडान भएको बेलिब्रिज यसपालीको बाढीले फेरी बगाइदिएको छ ।

mulpatra

दशैको मुखमा हेवा खोला पुल बाढीले बगाउँदा दशै तिहार जस्तो महत्वपुर्ण चाढपर्व खल्लो हुने ताप्लेजुङबासीले चिन्ता जनाएका छन ।

अबिरल बर्षापछि सो खोलामा आएको बाढीले आज बेलिब्रिज बगाएको स्थानीय प्रशासनले जनाएको छ ।

मेचि राजमार्ग अन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने एकमात्र सडकको पुल बगाएपछि आवाज जावतका सबै साधन पुर्ण रुपमा बन्द भएको छ । दशैंको मुखमा आवाज जावत गर्ने पुल बगाएपछि कसरी घर जाने भन्ने चिन्ताले छाएको सताएको फिदिम बस्ने एक स्थानीयले बताए । दशैं तिहारका लागि खाद्यन्नको जोहो गर्ने, घर जाने सबै चिन्तामा रहेको समेत उनले बताए ।

अघिल्लो बर्ष मात्र हालिएको उक्त पुल पनि बगाएपछि स्थानीयले आक्रोश पोखेका छन् । राज्यले कत्रो बाढी आउँछ, कति उचाईमा राख्नु पर्छ भन्ने जस्ता प्राविधिक पक्ष नहेरी पुल हालिदा पुल बगेको स्थानीयले गुनासो गरेका छन ।