प्रसाईलाई पक्रिएको विषयमा ओली र सरकारप्रति नेतादेखि सर्वसाधारण आक्रोसित
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई साइबार प्रहरीले पक्राउ गरेको विषयमा राजनीतिक दलभित्र असन्तुष्ट देखिन थालेको छ । कांग्रेस नेता तथा संसद सुनिल शर्माले दुर्गा प्रसाईलाई सरकारले पक्रिएर राम्रो नगरेको भन्दै आक्रोस पोखे ।
शर्माले प्रसाईले जनताका लागि काम गदै आएको र उनलाई राजनीतिक तथा व्यक्तिगत स्वार्थका कारण सरकारले फसाउन खोजेको समेत बताए । जनता र देशका लागि काम गर्ने व्यक्तिलाई पक्रिनु गलत भएको उनको भनाइ छ ।
प्रसाईलाई पक्राउ गरेको विषयमा सरकारमै सहभागि दल एमाले र कांग्रेसका नेताहरुले पनि खुलेका छैन । जसका कारण पनि प्रसाईलाई पक्राउ गरेको विषयमा सत्तारुढ दलभित्रै असन्तुष्ट बढेको छ ।
प्रसाईलाई पक्राउ गर्न नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै हात भएको कांग्रेसका नेताहरु बताउँछन् । प्रसाईलाई पक्राउ गर्न ओलीले गृहमन्त्री रमेश लेखकसँग पटक–पकट सल्लाह मागेको थिए । गहृमन्त्रीले यस विषयमा केही जवाफ नदिएपछि प्रधानमन्त्रीले नै आफना कार्यकर्तालाई उजुरी गर्न लगाएर पक्राएको कांग्रेसका एक जना नेताले जानकारी दिए ।
प्रसाईलाई पक्रिएको विषयमा विदेशमा बसोबास गर्दै आएका नेपालीहरु समेत सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् । भने नेपालमा पनि यसको विरोध भइरहेको छ ।
प्रसाईलाई पक्रिन एमाले र प्रधानमन्त्री ओलीले व्यत्तिगत इगो साँधेका हुन् । यस विषयमा एमालेकै नेताहरुले पनि बताइरहेका छन् । प्रसाईलाई पक्रिएको विषयमा देशव्यापी आन्दोलन भइरहेको छ । भने प्रसाईका समर्थकले अहिले केही मात्र संयमता अपनाएर बसेका छन् । प्रसाईका समर्थक अहिले पर्ख र हेरे भन्ने नीतिमा बसेको बताउँछन् ।
साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो । तर यो त वाहाना मात्र भएको पाइएको छ । प्रसाईलाई फसाउन एमाले अध्यक्ष ओली अमेरिकामा बसेर अनेक चलखेल गरिरहेको प्रसाईका समर्थकको आरोप छ ।