देश विपद्ले संकटमा: प्रसाईको पछि लाग्दा विवादमा तानिए प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर हिजो स्वदेश फर्किए । उनी फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भ्रमणबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनमा ओलीलाई पत्रकारले सोधे– संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिताबाट के फाइदा भयो भन्ने प्रश्न गरियो । जवाफमामा ओलीले भने– म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन । त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो, राखियो ।’ उनले भने ।
ओलीले देश विपद्ले संकटमा पर्दा अमेरिकामा श्रीमति आफना कार्यकर्तासँग रमाइरहेका थिए । स्वदेश फर्किएपछि प्रधानमन्त्री ओली देश विपद्ले संकटमा प्रकृतिका कारण परेको अभिव्यक्ति समेत दिन भ्याए ।
देश विपद्ले संकटमा पर्दा जनता मरिरहेका बेला प्रधानमन्त्री अमेरिकामा आफनो भ्रमण लम्वाएर बसे । यसमा पनि जनताले उनको विरोध गरिरहेका छन् ।
नागरिक बचाउ महाअभियान संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले एक सातायता माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिरहेका छन् । अमेरिकामा बसेर नेपालमा ओलीले उनलाई पक्राएका थिए । अहिले प्रसाईका समर्थक मात्र होइन । राजनीतिक दलकै नेता कार्यकर्ता, नागरिक समाज र सवसाधारणले समेत प्रसाईलाई पक्रिएको विषयमा विरोध गरिरहेका छन् ।
देश विपद्ले संकटमा परेका बेला सरकार भने प्रसाईको पछि लागेका छन् । प्रसाईले भने हिरासातबाट मेरोभन्दा देश र जनताको सेवासँग बाढी पीडितको उद्धार गर्ने सरकारलाई आग्रह गरेका थिए ।
माइतीघर मण्डलमा आजपनि विरोध प्रदर्शन गर्दै आएका छन् । आज पनि १० हजारभन्दा प्रसाईका समर्थक प्रदर्शनमा उत्रिने उनको सचिवालयले जनाएको छ ।