मंसिर ७ मा प्रसाईसँग हारेको एमाले, ओली एक बर्षपछि उनीसँगै भिड्दै

मंसिर ७ मा प्रसाईसँग हारेको एमाले, ओली एक बर्षपछि उनीसँगै भिड्दै
  • १६ आश्विन २०८१, बुधबार १०:३८

काठमाडौँ– जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समर्थकमाझ सरकारलाई चेतावनी दिएका छन् । एमाले र अहिलेको सरकारले आफुलाई राजनीतिकमा आउन बाध्य र आजबाट आफू राजनीतिमा उत्रिएको घोषणासमेत गरे ।

mulpatra

१० हजारभन्दा समर्थकलाई सम्बोधन गदै उनले मलाई सिध्याउन महिला अघि सारिएको, तर अदालतले आमाको भूमिका निर्वाह गरेको टिप्पणी गरे ।

‘दुर्गा प्रसाईंको आवाज म¥यो भने तपाईंहरुको बोलिदिने कोही हुँदैन । मेरो बोली नै हतियार हो । यो बोली सर्वहाराको हो । एक थोपो रगत हुञ्जेलसम्म दुर्गा प्रसाईं बिक्दैन, झुक्दैन र हार्दैन ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

अदालतले छोडेलगत्तै कार्यकर्ताहरुले प्रसाईंलाई स्वागत अभिनन्दन गरेका थिए । प्रधानमन्त्रीले पनि हा¥यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो । मैले आजसम्म राजनीति गरेको थिइनँ, तर आजदेखि राजनीतिमा पुरै लाग्ने उनले उद्घोष समेत गरे । ‘तपाईंहरुका लागि एक हजार पल्ट झुण्डिन तयार छु । तपाईंहरुको लागि एक हजार पल्ट मर्न तयार छु ।’ उनले भने ।

एमाले त दुर्गा प्रसाईंसित गत बर्षकै मंसिर ७ मा हारिसक्यो । देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । आफ्नो लडाइँ अहिलेका प्रधानमन्त्रीसँग रहेको उनले बताए ।

एकजना केटीलाई मुख छाड्यो, गालीगलौज ग¥यो भनेर मलाई लगियो, जबकि मैले कसैको नाम लिएको थिइनँ । मलाई लगेपछि सोधियो– केपी ओलीलाई किन यस्तो भनेको ? प्रचण्डलाई किन यस्तो भनेको ? शेरबहादुरलाई किन यस्तो भनेको छ ? सबै जवाफ दिइसकेपछि सम्मानित अदालतले तारेखमा छोडेर आमाको भूमिका प्रसाईले जानकारी दिए ।

Image Source: © https://mulpatra.com

हिरासतमा आफूलाई प्रहरीले राम्रो व्यवहार गरेको भन्दै उनले धन्यवाद दिए, तर वीर अस्पतालले जबरजस्ती डिस्चार्ज गरिदिएको उनको आरोप छ ।

‘पुलिसमा मैले भनें कि हामी नङ र मासु हौं । मलाई फेमिलियर व्यवहार भयो । उहाँहरु पनि बाध्यतामा हुनुहुन्छ, तर वीर अस्पतालमा मलाई लगेको भोलिपल्टै डिस्चार्ज कि डिस्चार्ज भनेर दबाब दिइयो । जबकि म क्यान्सर सर्भाइभर हो । दुईपल्ट क्यान्सरको अपरेसन गरेको छु । अस्पताल बसेर उपचार गराउने मेरो मानव अधिकार हो । मेरो मानव अधिकार हनन भएको छ । म बयान दिन आएको बेला डिस्चार्ज गरेर निकालेर सिंहदरबार थानामा ल्याइयो ।’ प्रसाईंले भने ।